Directory Home / Directory
Sanibheri Rural Municipality
Simli, Rukum (West)
Government
Office Info
Address Simli, Rukum (West)
Fax 9857834224
Email 2 sanibherimun@gmail.com
Email 3 info@sanibherimun.gov.np
Toll Free No. 18105000146

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने रुकुम (पश्‍चिम) जिल्लामा अवस्थित सानीभेरी गाँउपालिका नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका मध्ये एक हो । रुकुम जिल्लाको प्रसिद्ध सानीभेरी नदीबाट यस गाँउपालिकाको नाम रहन गएको हो ।जैविक विविधता र पहाडहरुले घेरेको सानीभेरी गाँउपालिकामा साविक गा.वि.स. हरु सिम्ली, गरायला, अर्मा, दुली (१, २, ३, ७, ८ र ९) र पुर्तिमकाँडा (१, २, ३, ६, ७ र ८) भु-भाग ओगेटेर बनेको यस गाँउपालिकाको कुल क्षेत्रफल १३३.८ वर्ग किलोमिटर तथा जनघन्त्व १८५ प्रति वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको  केन्द्र सिम्लीमा रहेको छ । जम्मा ११ वडाहरुमा विभाजन गरिएको यस गाँउपालिकाको सिमाना पूर्वमा मुसिकोट नगरपालिका र बाँफिकोट गाँउपालिका, पश्‍चिममा जाजरकोट जिल्ला, उत्तरमा आठविसकोट नगरपालिका र दक्षिणमा चौरजाहारी नगरपालिका र त्रिवेणा गाउँपालिका रहेको भौगोलिक र प्रशासनिक बनोट रहेको छ । विविधतापूर्ण जातीय पहिचान रहेको । यस गाँउपालिकामा जनगणना २०७८को अनुसार पुरुष १२०१४, महिला १२७४५ तथा घरधुरी संख्या ५२९२ गरि कुल जनसंख्या २४७५९ र मतदाता संख्या ११२६६ छ । यस गाउँपालिकाको साक्षरता दर ७५.०७ %, परिवारको औसत आकार ४.६८, लैङ्गिक अनुपात ९४.२६, वार्षिक जनसंख्या वृद्धिदर १.०५%, रहेको छ । निर्वाचन पश्‍चात जनप्रतिनिधिहरुको पदबहाली पहिलो पटक २०७४ जेष्ठमा सम्पन्‍न भई, सम्पूर्ण वडा कार्यालयहरु अस्थायी रुममा स्थापना भएर जनप्रतिनिधिद्धारा प्रभावकारी सेवा प्रवाह कार्य भईरहेको छ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.