प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को, आंगिक शिक्षालय सहिद नेत्रलाल वहुप्राविधिक (साविक सहिद नेत्रलाल “अभागी” प्राविधिक शिक्षालय) को स्थापना २०७५ असोज २ गते विधिवत रुपमा भएको थियो । यो शिक्षालय सल्यान जिल्लाको सदरमुकाम खलंगा नजिकै शारदा नगरपालिका वडा न ४ लामाडाँडाको हरियालीपूर्ण शान्त वातावरणमा अवस्थित छ । स्थानीय दानवीर जग्गादाताहरुबाट प्राप्त करिव ३१ रोपनी र यस शिक्षालयका प्रथम शिक्षालय प्रमुख श्री कृष्ण वीर नेपालीले स्थानीयवाट खरिद गरी शिक्षालयलाई प्रदान गरेको तीन रोपनी जग्गा सहित ३४ रोपनी क्षेत्रफलमा यो शिक्षालय फैलिएको छ ।
“सीपयुक्त जनता– सम्वृद्ध नेपाल” भन्ने मूल नारालाई सार्थक बनाउन हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने युवा जनशक्तिलाई गुणस्तरिय प्रविधिक तथा व्यावसायिक शिक्षा र तालीम प्रदान गरि सीपयुक्त, दक्ष र उद्यमशील बनाई देशमा भएको वेरोजगारी तथा गरिवी घटाएर समृद्धिको बाटोमा डोर्याउन सकिन्छ । नेपालको संविधान २०७२ मा शिक्षा, रोजगारी तथा श्रमको हकलार्इ मौलिक हकको रुपमा स्वीकार गरिएको छ । यसको साथै शिक्षालार्इ वैज्ञानिक, व्यवसायिक, सीपमूलक, रोजगारीमूलक एवं जनमुखी बनाई सक्षम, प्रतिष्पर्धी, नैतिकवान श्रमको सम्मान गर्ने राष्ट्रको हितमा समर्पित जनशक्ति तयार गर्ने राज्यको नीति हुने व्यवस्था नेपालको संविधानमा गरिएको छ । यसरी संविधान र नेपाल सरकारले निर्दिष्ट गरेका लक्ष्य प्राप्त गर्न देशका ७५३ वटै तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याउने उद्देश्य अनुरुप व्यापक रुपमा प्राविधिक शिक्षालयहरु खोलियो । यसै सिलसिलामा सिंगो कर्णाली प्रदेशमा कर्णाली प्राविधिक शिक्षालय जुम्ला एक मात्र शिक्षालय रहेको अवस्थामा सहिद नेत्रलाल अभागी सम्मृति प्रतिष्ठान दाङ्ग, देउखुरीको विशेष पहल कदमी र सल्यान जिल्लाका शिक्षा सेवी, समाजसेवी, राजनैतिक व्यक्तित्व र सि टि र्इ भि टी को संयुक्त प्रयासमा आफ्नो समपूर्ण जीवन जनता जागृत गराउन समर्पित गर्ने नेपाल आमाका सुपुत्र “सहिद” नेत्रलाल पौडेलको स्मृतिमा सहिद नेत्रलाल बहुप्राविधिक शिक्षालयको जन्म भयो । प्राविधिक शिक्षा व्यावसायिक तालीममा सर्वसाधारणको पहुँच अभिबृद्बिका लागि शिक्षालयले कम शूल्कमा सेवा प्रदान गरिरहेको छ । यस कारण हुम्ला, जुम्ला, डोल्पा, कालीकोट, मुगु जस्ता दुर्गम क्षेत्रका विध्यार्थीहरुले समेत यस शिक्षालयमा आर्इ अध्ययन गरिरहेका छन ।
आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी डिप्लोमा तहका थप दुर्इ कार्यक्रमहरु डिप्लोमा र्इन फार्मेसी र डिप्लोमा र्इन र्इन्फरमेसन टेक्नोलोजी स्वीकृतिको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् केन्द्रिय कार्यालयमा प्रश्ताव गरिएको छ ।
© 2025 Suchanaa. All Rights Reserved.