Shahid Netralal Polytechnic College Home / Directory
Shahid Netralal Polytechnic College
Ward 04, Sharada MUN, Salyan, Karnali
Education & Training
Address Ward 04, Sharada MUN, Salyan, Karnali
Email Not available
Website Not available

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌को, आंगिक शिक्षालय सहिद नेत्रलाल वहुप्राविधिक (साविक सहिद नेत्रलाल “अभागी” प्राविधिक शिक्षालय) को स्थापना २०७५ असोज २ गते विधिवत रुपमा भएको थियो । यो शिक्षालय सल्यान जिल्लाको सदरमुकाम खलंगा नजिकै शारदा नगरपालिका वडा न ४ लामाडाँडाको हरियालीपूर्ण शान्त वातावरणमा अवस्थित छ । स्थानीय दानवीर जग्गादाताहरुबाट प्राप्त करिव ३१ रोपनी र यस शिक्षालयका प्रथम शिक्षालय प्रमुख श्री कृष्ण वीर नेपालीले स्थानीयवाट खरिद गरी शिक्षालयलाई प्रदान गरेको तीन रोपनी जग्गा सहित ३४ रोपनी क्षेत्रफलमा यो शिक्षालय फैलिएको छ ।

 “सीपयुक्त जनता– सम्वृद्ध नेपाल” भन्ने मूल नारालाई सार्थक बनाउन हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने युवा जनशक्तिलाई गुणस्तरिय प्रविधिक तथा व्यावसायिक शिक्षा र तालीम प्रदान गरि सीपयुक्त, दक्ष  र  उद्यमशील बनाई देशमा भएको वेरोजगारी तथा गरिवी घटाएर समृद्धिको बाटोमा डोर्‌याउन सकिन्छ । नेपालको संविधान २०७२ मा शिक्षा, रोजगारी तथा श्रमको हकलार्इ मौलिक हकको रुपमा स्वीकार गरिएको छ । यसको साथै शिक्षालार्इ वैज्ञानिक, व्यवसायिक, सीपमूलक, रोजगारीमूलक एवं जनमुखी बनाई सक्षम, प्रतिष्पर्धी, नैतिकवान श्रमको सम्मान गर्ने राष्ट्रको हितमा समर्पित जनशक्ति तयार गर्ने राज्यको नीति हुने व्यवस्था नेपालको संविधानमा गरिएको छ । यसरी संविधान र नेपाल सरकारले निर्दिष्ट गरेका लक्ष्य प्राप्त गर्न दे‌शका ७५३ वटै तह‌मा प्राविधिक शिक्षाको पहुँच पुर्‌याउने उद्देश्य अनुरुप व्यापक रुपमा प्राविधिक शिक्षालयहरु खोलियो । यसै सिलसिलामा सिंगो कर्णाली प्रदेशमा कर्णाली प्राविधिक शिक्षालय जुम्ला एक मात्र शिक्षालय रहेको अवस्थामा सहिद नेत्रलाल  अभागी सम्मृति प्रतिष्ठान दाङ्ग, देउखुरीको विशेष पहल कदमी र सल्यान जिल्लाका शिक्षा सेवी, समाजसेवी, राजनैतिक व्यक्तित्व र सि टि र्इ भि टी को संयुक्त प्रयासमा आफ्नो समपूर्ण जीवन जनता जागृत गराउन समर्पित गर्ने नेपाल आमाका सुपुत्र “सहिद” नेत्रलाल पौडेलको स्मृतिमा सहिद नेत्रलाल बहुप्राविधिक शिक्षालयको जन्म भयो । प्राविधिक शिक्षा व्यावसायिक तालीममा सर्वसाधारणको पहुँच  अभिबृद्बिका लागि शिक्षालयले कम शूल्कमा सेवा प्रदान गरिरहेको छ । यस कारण हुम्ला, जुम्ला, डोल्पा, कालीकोट, मुगु जस्ता दुर्गम क्षेत्रका विध्यार्थीहरुले समेत यस शिक्षालयमा आर्इ अध्ययन गरिरहेका छन ।

 आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी  डिप्लोमा तहका थप दुर्इ कार्यक्रमहरु डिप्लोमा र्इन फार्मेसी र डिप्लोमा र्इन र्इन्फरमेसन टेक्नोलोजी स्वीकृतिको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् केन्द्रिय कार्यालयमा प्रश्ताव गरिएको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.