शान्तिनगर गाउँपालिका लुम्बीनी प्रदेशमा पर्ने दाङ जिल्लाको पश्चिमी उत्तरतर्फ पर्दछ । नेपालको मानचित्रमा ८२०७’५” देखि ८२०१५’३०” पूर्वी देशान्तर र २८०६’३५” देखि २८०१५’३०” उत्तरी अक्षांसमा अवस्थीत रहेको यस गाउँपालिकाको दक्षिण तिर दंगीसरण गाउँपालिका, पूर्वमा तुलसीपुर उप-महानगरपालिका तेसै उत्तरमा सल्यान जिल्ला र पश्चिममा बबई गाउँपालिका आवस्थित रहेको छ । कुल ११६.०२ वर्ग कि. मी मा फैलिएको शान्तिनगर गाउँपालिकाको २०६८ को राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २५,२०३ रहेको छ जसमा सबै भन्दा बढी १०,९१८ जना (४३.३२%) क्षेत्रि जाति को बसोबास रहेको छ । तेसै गरी दोस्रोमा थारु र तेस्रो मा मगर समुदायको बसोबास रहेको छ। जम्मा सात वडा रहेको यस गाउँपालिका साबिक बाघमारे, शान्तिनगर र धनौरी गा.वि.स को समाबेशबाट गठन भएको छ ।
© 2025 Suchanaa. All Rights Reserved.