Directory Home / Directory
Shuklaphanta Municipality
Jhalari, Kanchanpur
Government
Office Info
Address Jhalari, Kanchanpur
Email 2 ito.shuklaphantamun@gmail.com
Fire-brigade 9858751236, 9858751237
Ambulance No. 9862466044
Pipladi Health Post 9848881613

शुक्लाफाँटा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको  कञ्चनपुर जिल्लामा अवस्थित छ । यस नगरपालिकाको स्थापना झलारीपिपलाडी नगरपालिकाको रुपमा मिति २०७१।०८।१६ गतेको नेपाल सरकारको निर्णयानुशार भएको हो । प्रारम्भमा यो नगरपालिका साविकका झलारी र पिपलाडी गाविस मिलेर बनेको थियो । तत्पश्चात नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३/११/०९ निर्णयबाट स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयबाट झलारि पिपलाडी नगरपालिकामा साविक देखतभूलि गाविसका वडा नं. ४ र ६ समेत मिलाई शुक्लाफाँटा नगरपालिका नामाकरण गरिएको हो। यस नगरपालिकामा जम्मा १२ वटा वडाहरु मिलेर बनेको छ । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २० कि.मि टाढा पश्चिम तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस नगरपलिकाक्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।

 

क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुप :

कन्चनपुर जिल्लाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत मध्यविन्दुमा रहेको १६२.५७ वर्ग किमि. क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा नगरपालिका अन्तरगत ४६८३४ जनसख्या रहेको छ । यस नगरपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस नगरपलिकाको पुर्वमा कृष्णपुर नगरपालिका, पश्चिममा शुक्लाफाँटा वन्यजन्तु आरक्ष र वेदकोट नगरपालिका , उत्तरमा डडेल्धराको चुरे पर्वत र दक्षिणमा लालझाडी गा.पा र शुक्लाफाँटा वन्यजन्तु आरक्ष रहेको छ । यस नगरपालिकाको अधिकतम तापक्रम ३८ डिग्रि र न्युनतम तापक्रम ९ डिग्रि रहको पाईन्छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.