Silichong Rural Municipality Home / Directory
Silichong Rural Municipality
Tamku, Sankhuwasabha
Government
Office Info
Address Tamku, Sankhuwasabha
Email 2 info@silichongmun.gov.np

नेपालको संबिधान अनुसार पूर्वांचल विकासक्षेत्र अन्तर्गत कोशी अन्चलको संखुवासभा जिल्लाका सुदुर उत्तरका साविक सिसुवाखोला, बाला, मांग्तेवा,ताम्कु र याफु गा. वि.स. हरुको संयोजन भई प्रदेश नं. १ अन्तर्गतका स्थानीय तहहरु मध्ये एक हो सिलिचोंग गाउँपालिका । भौगोलिक रुपमा विकट भएतापनि सामाजिक, साँस्कृतिक र रहनसहनले भरिपूर्ण यस गाउंपालिका वातावारनीय दृष्टिकोणले बसोबासको लागि उत्कृष्ट रहेको छ । यस छेत्रमा पर्ने रमणीय सिलिचोंग हिमालको नामबाट यस गाउंपालिकाको नाम सिलिचोंग रहन गएको हो ।

 

सिलिचोंग गाउंपालिकाको राजनीतिक विभाजन

प्रदेश : कोशी

जिल्ला : संखुवासभा

गाउंकार्यपालिकाको कार्यलय : ताम्कु

वडा संख्या : ५

 

भौगोलिक अवस्था तथा सीमाना

क्षेत्रफल : ५०१.८९ वर्ग कि.मी.

पूव : चिचिला र मकालु गाउंपालिका

पश्चिम : सोलुखम्बु जिल्ला

उतर : मकालु गाउंपालिका

दक्षिण : भोजपुर जिल्ला

 

जनसंख्या २०७८ को जनगणना अनुसार

जम्मा जनसंख्या १०२९६
पुरुषको अनुपात ५०.६
महिलाको अनुपात ४९.४
sex ratio १०२.४८
जनघनत्व ३५
जम्मा परिवास संख्या २४९०
साक्षरता प्रतिशत ८०.९

 

प्रमुख नदीनाला, हिमाल र बिशेष क्षेत्र

यस गाउँपालिकाको दक्षिण' सीमानामा अरूण नदी पर्दछ भने मुख्य नदीको रुपमा संखुवा खोला रहेको छ । यसका अलवा सिसुवा खोला पनि रहेको छन्, पूर्ण भू-भाग मकालु वरुण राष्ट्रिय निकुन्जको मध्यवर्ती छेत्रमा पर्ने यस गाउंपालिकाको उतरी सीमानामा चम्लांग, दिग्लिंग, संखुवासीर र नौलेख जस्ता रमणीय हिमालहरु हरेको छन् ।

 

धर्म, संस्कृति र जातजाति

यस गाउँपालिका क्षेत्रभित्र हिन्दु, बौद्ध, क्रिस्चियन र किरात धर्मका मानिसहरुको बसोवास हरेको छ । यस गाउँपालिकाका क्षेत्रभित्र दशैँ, तिहार,साउने संग्क्रान्ति, संसारी पूजा, ल्होसार, चाक्चाकुर, उधौली र आइतवारे पूजा लगायतका चाडपर्वहरु मनाउने गरिन्छ । विविध चाडवर्वहरु यस क्षेत्रको परिचायक भए पनि मुख्य रुपमा कुलुङ, मेवाहाङ, थुलुङ, दुमी , चाम्लिङ, नाछिरिङ, खालिङ, राई लगायत शेर्पा, तामाङ, विस्वकर्मा र दमाई जातिहरुको वाहुल्यता रहेको छ । यस क्षेत्रमा क्षेत्री र ब्राहमण जातिहरू भने नगन्य रुपमा रहेको छ ।

 

वनस्पति तथा वन्यजन्तुको प्रजातिहरूः

रूख प्रजातिमा :-साल, खोटेसल्लो, लोठ्सल्लो, थिङ्रेसल्लो, गोब्रेसल्लो, रानिसल्लो, जापानीसल्लो, उतिस, पात्ले कटुस, मुसुरे कटुस, ढाल्ने कटुस,फलात, फिर्फिरे, बद्रास, सौर, कइजाल, पानीसाज, पाखेसाज, लामपाते, चिलाउने, धायारो, श्रीचाप, घोगे चाप, आउले चाप, ब्जालुचाप, चिलाउने,रुद्राक्ष, खिर्‍रो, मलातो, शिरीष, लप्सी, भोज्पत्र, बन पिपल, काउलो।

 

झाडिदार बुट्यान प्रजातिमा:-धुपी, सुनपाती, गुरास,पर्लिङ्गो, चिमाल, सुनाल्हेर, आसारे, सिक्रेलोक्ता, अर्गेली लोक्ता, मालिङ्हो, काली मालिङो, सिङ्गाने, खोस्रे , घुडे, निङ्गाले, बादरे, झिङुनी, बिलाउने, सुनगाभा, चुत्रो, सुनाखरी,अर्खोउलो, चुत्रो,

 

जडिबुटी प्रजातिमाः-इन्द्रेनी, पाच ओउले, जटामासी, पाखाम्बेद, चिराइतो, चिन्फिङ ठूलो ओखत्ती, सुनपाती, बिखुम्मा, बिष्जरा, सतुवा, बनलसुन, पदम्चाल, निर्मसी, देब्रे लहरा, भुत्केश, ताराकोपिला, माइकोपिला, यार्शागुम्बा, मुलापाते, कुखुरापङ्खि, खिरोउला।

 

बन्यजन्तु प्रजातीमा:-कालोभालु, रुख भालु, चितुवा, हिमचितुवा, चरिबाघ, थार, झारल, मृग, घोरल, श्याल, बँदेल, बादर, धेडु, लाङुर, दुम्सी, माहज्क, सालक, सर्प, र रुख भ्यागुत्ता।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.