सिन्धुली अस्पताल, सिन्धुली कमलामाई नगरपालिका वडा नं. ६ मा अवस्थित छ । वि.सं. २०३५ सालमा स्थापना भएको अस्पताल १ बिगाहा १५ कठ्ठा ११ धुर २ पाई क्षेत्रफलमा रहेको छ । १५ शैया देखि सेवा सुचारु भएको यस अस्पतालले ५० शैयाको सेवा दिइरहेकोमा हाल स्तरोन्नति भई १०० शैयाको अस्पताल कायम भएको छ । यस जिल्लाको एक मात्र रिफरल सेन्टरको रुपमा रहेको यस अस्पतालले सिमित स्रोत साधनको अधिकतम प्रयोग गर्दै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउंदै आएको छ ।
हाल यस अस्पतालमा १४ जना विशेषज्ञ डाक्टर, ९ जना मेडिकल अधिकृत र १ जना डेन्टल सर्जन गरी २४ जना डाक्टरको दरवन्दी कायम रहेको छ । अस्पताल १०० शैयामा स्तरोन्नती भए पश्चात कूल १०९ जनाको दरबन्दी कायम भएको स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको दरवन्दी १०० शैया अस्पतालको संरचना अनुसार कमी रहेकोले अस्पताल विकास समितिको स्रोतबाट स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु करार सेवामा लिई सेवा सुचारु गर्दै आएको छ ।
अस्पतालले बहिरङ्ग सेवा (सार्वजनिक विदा बाहेक), आकस्मिक सेवा (चौबिसै घण्टा), अन्तरङ्ग सेवा (चौविसै घण्टा), अपरेशन सेवा, हाइड्रोसिल, सिष्ट तथा अन्य), हाडजोर्नी विशेषज्ञ सेवा, निःशुल्क विशेषज्ञ प्रसुति सेवा (अपरेशन सेवा सहितत), २४ घण्टा फार्मेसी सेवा (सःशुल्क/निःशुल्क), दन्त उपचार सेवा, आँखा उपचार सेवा, डाइलासिस सेवा, एच.आई.भि परामर्श तथा उपचार सेवा, क्षयरोग तथा कुष्ठरोग उपचार सेवा, लैङ्गिक हिंसा सम्बन्धित परामर्श तथा उपचार सेवा, सुरक्षित गर्भपत सेवा, सि.टि.स्क्यान सेवा , भिडियो एक्सरे सेवा, प्रयोगशाला सेवा, एक्स-रे सेवा, इन्डोस्कोपी सेवा, इको सेवा, इ.सि.जी. सेवा, पोषण उपचार सेवा, विपन्न नागरिक उपचार सेवा, सामाजिक सेवा इकाई (SSU) र पाठेघर मुखको क्यान्सर परिक्षण (VIA) तथा रोकथाम आदि सेवाहरु उपलब्ध गराउंदै आइरहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.