बि.सं. २०७३ साल फागुन २७ गते नेपाल सरकारले स्थानीय तहहरुलाई नेपाल राजपत्रमा सूचना प्रकाशित भए बमोजिम स्थानीय तह निर्धारण तथा सिफारिस आयोगको २०७३ सालको सिफारिसका आधारमा नेपाल सरकारले देशभरी ७५३ र ओखलढुंगा जिल्लामा ८ वटा स्थानीय तह घोषणा गर्दा सुनकोशी गाउँपालिकालाई १० वटा वडामा बिभाजिन गरिएको छ । ओखलढुंगा जिल्लाका साविकका कटुञ्जे, च्यानम, मुलखर्क, सिस्नेरी र बलखु गरी ५ वटा गा.वि.स हरु मिलाएर सुनकोशी गाउँपालिका घोषणा गरे अनुसार २०७३ साल अषाढ २३ गते विधवित रुपमा स्थापना भएको हो । जिल्ला सदरमुकाम देखी करीब ३४ कि.मी पश्चिममा अवस्थित सुनकोशी गाँउपालिका कृषि सिसा, खरी ढुङ्गा उच्च स्थानमा रहेको रमणिय डाँडाहरु, पर्यटकिय स्थलहरु,रमणिय गुम्बाहरु, वन सम्पदाको हिसावले अत्यन्त संभावना बोकेको गाँउपालिका हो । बेशी, खोच, मध्य पहाड भुगोल भएको विविधतापुर्ण हावापानी रहेको पाईन्छ । यस गाँउपालिकाको पुर्वमा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण.नगरपालिका, पश्चिममा चम्पादेवी गाउँपालिका, उत्तरमा मोलुङ गाँउपालिका र दक्षिणमा सिन्धुली जिल्लाको सिमाना सँग जोडिएको छ । विश्व मानचित्रमा २७.२८४ञ३३ू उत्तरी अक्षाशं देखी ८६.३७७ञ३९ पुर्वी देशान्तर सम्म पैmलिएको यसगाँउपालिकाको सवै भन्दा होचो मोलुङ दोभान देखी करिव २५०० मिटर उचाइ सम्म अवस्थीत छ । १४३.७५ वर्ग कि.मी क्षेत्रफलमा पैmलिएको यस गाँउपालिकाको औषत तापक्रम ११ डिग्री सेल्सीएस देखी ३२ डिग्री सेल्सीएस सम्म रहेको छ । यस गाँउपालिकाको सामाजिक रितीरिवाज रचाड पर्वमा बडा दशैं, तिहार, चैते दशै, साउने संक्रान्ती, ल्होसार, माघे संक्रान्ती, बुद्ध जयन्ती लगायतका स्थानिय कला संस्कृती भेषभुषाहरु रहेका छन् । स्थानिय भेषभुषा रहेता पनी युवा वर्गहरु आधुनिकता तर्फ आर्कषित भएको पाईन्छ ।
© 2025 Suchanaa. All Rights Reserved.