पोखरा–८, नागढुङ्गा, कास्कीमा कार्यालय रहेको यस संस्थाले कास्की जिल्ला कार्यक्षेत्र बनाई विगत २३ वर्षदेखि सदस्य सेवामा निरन्तर लागिरहेको छ । सदस्यहरुको आर्थिक, सामाजीक तथा सांस्कृतिक अवस्थामा सुधार गर्दै “सदस्यहरुको सम्पूर्ण वित्तीय समाधानको पहिलो रोजाईको संस्था” बनाउने परिकल्पना सहित संस्था अगाडी बढिरहेको छ । सहकारीको मुल सिद्धान्तः सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, समूदाय केन्द्रित गतिविधी आदिको सेरोफेरोमा रहि यस अवधि सम्म आईपुग्दा १७०० बढी सदस्यहरुको ४.५ करोड शेयर पुजी संकलन गरि ४२ करोड भन्दा बढी पुजी परिचालन गर्दै कास्की जिल्लामा आफ्नो विशेष पहिचान स्थापित गर्न सफल भएको छ
“आधुनिक प्रविधिको प्रयोग गरी, संस्थागत सुशासन कायम राख्दै गुणस्तरीय वित्तीय तथा गैर वित्तिय सेवा मार्फत सदस्यहरुलाई समृद्ध बनाउने”
संस्थाको उद्धेश्य (Mission):
(१) संस्थामा संलग्न सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकाश गर्ने । (२) सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिबृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्याउने । (३) सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पुँजीको उपयोग बढाउने । (४) सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पुर्याउने खालका सेवामूलक कार्यक्रमहरु संचालन गरी सहकारिताको महत्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने ।
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.