Directory Home / Directory
Swarnalaxmi Saving & Credit Co-operative Ltd.
Bharatpur-1, Lions Chowk, Chitwan
Finance & Insurance
Office Info
Address Bharatpur-1, Lions Chowk, Chitwan
Phone 2 056-595644

सहकारी ऐन २०४८ (हाल सहकारी ऐन, २०७४) अन्तर्गत स्थापना भएको यस स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सहकारी बिभागबाट बचत तथा ऋण कारोबार गर्न इजाजत प्राप्त संस्था हो । यस संस्थाको प्रधान कार्यालय चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.०१ बालकुमारी रोडमा अवस्थित रही आफ्नै भवनबाट सेवा प्रदान गरिरहेको छ । सदस्यहरु समक्ष सहज, सरल र गुणस्तरिय सेवा प्रदान गर्नका लागि चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं.०२ टाँडी, खैरहनी नगरपालिका वडा नं.०८ पर्सा, कालिका नगरपालिका वडा नं.०६ खोलेसिमलबजार र भरतपुर महानगरपालिका वडा नं.२० चनौलीबजारमा समेत सदस्य सेवाकेन्द्र बिस्तार गरेको छ । यस संस्थाको संचालक समिति तथा उच्च ब्यबस्थापन तहमा वित्तिय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरी सकेका ब्यक्तिहरु रहनु भएको छ । संस्थाको मुख्य उद्धेश्य बर्तमान प्रतिस्प्रधातमक बित्तिय बजारमा स्वस्थ प्रतिस्पर्धाबाट सदस्यहरुलाई आकर्षक ब्याज प्रदान गरी संकलन गरिएको निक्षेप रकमलाई ब्यबसायी तथा उद्यमी सदस्यहरुको ब्यबसाय प्रवद्र्धनको लागि सुलभ ब्याजदरमा छिटो, छरितो सेवाको माध्यमबाट कर्जा प्रवाह गरी सदस्यहरुलाई सवल र आत्मनिर्भर एंव सक्षम ब्यबसायी बनाई संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै लैजाने उद्धेश्य रहेको छ ।

Branches

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.