Directory Home / Directory
Tara Khola Rural Municipality
Argal, Baglung
Government

नेपाल सरकारको मिति २०७३।११।२७ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम ताराखोला गाँउपालिका स्थानीय तहको रुपमा कायम भएको हो । नेपाल भित्रको नेपाल भनेर चिनिने जिल्ला बागलुङ हो । यस जिल्लाको मध्य भागमा ताराखोला गाँउपालिका अवस्थित रहेको छ । यस गाँउपालिकाको पूर्वमा काठेखोला गा.पा. र पश्चिममा ढोरपाटन नगरपालिका, उत्तरमा म्याग्दी जिल्ला र दक्षिणमा गलकोट नगरापालिका पर्दछन् । पाँच वटा वडा रहेको यस गाँउपालिका साविकका अर्गल, अमरभूमी, हिल र तारा गा.वि.स मिलि बनेको छ । यस गा.पा को सबैभन्दा होचो भाग समुन्द्री सतहबाट करिब १४ सय मिटर देखि सबैभन्दा अग्लो भाग डुँडेलेकको धुरी करिब ३५ सय मिटर उचाईमा रहेको छ । यसको औसत लम्बई १९०९१ मिटर र चौडाई ८६५३ मिटर रहेको छ भने कुल क्षेत्रफल समग्रमा १२८।९२८८ वर्ग कि.मि रहेको छ । विभिन्न भौगोलिक तथा सास्कृतिक रुपमा विविधता युत्त यस गाँउपालिकामा जनजाति हरुको बसोबास को बहुल्यता रहेको छ । बि.स.२०६८ को जनगणना अनुसार यहाँ को जनसंख्या १२००९ मात्र रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.