Thakurbaba Municipality Home / Directory
Thakurbaba Municipality
Sainawar
Government
Office Info
Address Sainawar
Email 2 ito.thakurbaba@gmail.com
Email 3 info@thakurbabamun.gov.np
Toll Free 16608442005

लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको साविकका बगनाह र नेउलापुर गा. वि. स. लाई समेटेर मिति २०७२ साल आश्विन ०२ मा बबई नगरपालिका स्थापना भएको र पछि शिवपुर र ठाकुरद्वारा गा. वि. स. लाई समेत समेटेर ठाकुरबाबा नगरपालिकाको स्थापना वि. सं. २०७३ साल फाल्गुण २७ मा भएको हो। सङ्घीय प्रणालीअनुसार यो नगरपालिका बर्दिया जिल्ला क्षेत्र नं. २ मा र प्रदेश सभा निर्वाचन क्षेत्रको आधारमा क्षेत्र नं. २ (क) मा पर्दछ। भौगोलिक हिसाबमा यस नगरपालिकाको पूर्व, पश्चिम र उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज पर्दछ भने दक्षिणमा मधुवन नगरपालिका पर्दछ। कुल क्षेत्रफल १०४.५२ वर्ग कि.मि. रहेको यो नगरपालिका समुन्द्र सतहबाट १४४ मिटरदेखि २१४ मिटरसम्मको उचाईमा रहेको छ भने भौगोलिक रुपमा ८१°१३’२४.६९” देखि ८१°२१’११.७७५” पूर्वी देशान्तर र २८°२१’५३.६३” देखि २८°३१’१९.२९५” उत्तरी अक्षांशमा फैलिएको छ र जनघनत्व ५४८.५५ रहेको छ। प्रशासनिक रुपमा ९ वटा वडामा विभाजन गरिएको यस नगरपालिकाको जनसङ्ख्या वि. सं. २०७९ सालमा गरिएको घरधुरी सर्वेक्षणअनुसार ५७,३६२ (पुरुषः २९,०७०, महिलाः २८,२८७ र अन्यः ५ ) रहेको छ भने कुल घरधुरीको सङ्ख्या ११,५६४ रहेको छ।यस नगरपालिकाको औषत न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस र अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस रहेको छ भने औषत वार्षिक वर्षा ११२० मिलिलिटर हुने गरेको छ। जिल्ला सदरमुकाम गुलरियाबाट २२ किलोमिटर उत्तर पश्चिममा अवस्थित यस नगरपालिका पूर्व-पश्चिम राजमार्ग तथा हुलाकी मार्गसँग जोडिएको छ। यस नगरपालिका अन्तर्गत पर्ने मुख्य बजार क्षेत्रहरु भुरिगाउँ, बगनाह, शाहीपुर, बकुवा तथा ठाकुरद्वारा रहेका छन्।

 

वि सं २०७३ साल फाल्गुण २७ गते यस नगरपालिकाको स्थापना भएपछि करिब पाँच महिना प्रमुख प्रशासकीय अधिकृतले नै कार्यकारी प्रमुखको रुपमा कार्य गरेको देखिन्छ । वि. सं. २०७४ साल आषाढ १४ गते स्थानीय तहको निर्वाचन भई आषाढ २२ गते निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेपछि मात्र पदाधिकारी सहितको नगरपालिका बन्यो । स्थापना पश्चात भाडाको घर तथा नेउलापुर स्वास्थ्य चौकीको भवनमा सञ्चालित यस नगरपालिकाको कार्यालय वि. सं. २०७७ साल भाद्र २५ गतेबाट वडा नं. ४, सैनवारमा निर्माणनधीन आफ्नै भवनमा रही कार्य सञ्चालन गरिरहेको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.