Thalara Multiple Campus Home / Directory
T
Thalara Multiple Campus
Kholi-05, Thalara RM, Bajhang, Sudurpashchim
Education & Training
Address Kholi-05, Thalara RM, Bajhang, Sudurpashchim

नेपालको सुदुरपश्चिम प्रदेश बझाङ्ग जिल्ला थलारा गॉउपालिका एतिहासिक थलारा राज्य को सदरमुकाम हो । दुर्गम तथा हिमाली जिल्लाका रुपमा चिनिएको बझाङ्ग जिल्ला शिक्षा, स्वास्थ्य, संचार, यातायात, लगायत विकासका पुर्वाधारहरु को अझैपनि पुर्ण रुपमा व्यवस्थित गर्न नसकिएको जिल्ला हो । यहांका बालवालिकाहरुले उच्च शिक्षाका लागी घर छोडेर बाहिर जाने अवस्थालाई हटाउन २०६४ सालमा यहांका समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजिवी शिक्षक अविभावक सहित सबैको पहलमा यस क्याम्पसको स्थापना भएको थियो। १६ वसन्त पार गरि सक्दा धेरे विद्यार्थिहरुले घरमै बसेर उच्च शिक्षा ग्रहण गरिरहेका छन। दलित, क्षेत्री, ब्राह्मण थरिका मानिसहरु बसोबास गर्ने यस ठाउँमा स्थानिय साथै केहि बाहिरका विद्यार्थिहरुले शिक्षाको लाभ लिइरहेका छन।

क्याम्पसको शैक्षिक गतिविधि सकारात्मक रुपमा अधि बढेको छ। क्याम्पसमा शिक्षक र कर्मचारी गरी जम्मा १३ जना कर्मचारी रहेका छन। ४ वर्षे वि. एड.मा ३१२ विद्यार्थी अध्ययनरत छन। क्याम्मसको पठन पाठन शान्त र स्वच्छ वातावरणमा नियमित रुपले संचालन भइरहन्छ । शिक्षकहरुको नियमित पठनपाठनले गर्दा परीक्षा परिणाम सन्तोजनक भएतापनि कक्षामा विद्यार्थीको उपस्थिति न्यून रहेको कारण परिक्षा परिणाम अपेक्षाकृत भने हुन सकेको छन । हाल क्याम्पसमा नेपाली विषय ३ जना, अङ्गेजी विषय २ जना, स्वास्थ्य शारीरिक विषयका २ जना, शिक्षा २ जना, जनसड्ख्या १ जना, प्रशिक्षकहरु शिक्षण सेवामा संलग्न छन् ।

क्याम्पसका लागि आवश्यक सामानहरु तथा विद्यार्थीहरुका लागि आवश्यक पर्ने खेलकुद सामगी पर्याप्त हॉनन् । दिनानुदिन नयां नयाँ क्याम्पसहरु खुल्ने अएका कारण विद्यार्थी संख्या हाल घट्दे गएकोले क्याम्पसको आम्दानीमा न्युनता देखिएको छ। २९ लाखमा जग्गा खरिद गरी २ वटा भवनहरु संगै निर्माण गर्दा क्याम्पसको मौजुद रकम खर्च भइसकेकोले वर्तमान आर्थिक अवस्थाको विवरण यसैसंग संलग्न लेखा प्रतिवेदनबाट प्रष्ट हुनेछ । विद्यार्थीको शुल्क आजीवन तथा साधारण सदस्यता शुल्क गाउँपालिका, चन्दा विश्व विद्यालय अनुदान आयोग आदि क्याम्पसको आम्दानीका स्रोत हुन । यस क्याम्पसलाई आधुनिक तथा वैज्ञानिक समय र परिवेश अनुरुप अगाडि बढाउन नयाँ नयाँ शिक्षामा आएका नव परिवर्तन हरुलाई आत्मसात गरि राज्यले लिएको उच्च शिक्षाको लक्ष र उद्देश्य अनुसार अगाडि बढाउद लैजाने सायं सुदुरपश्चिम विश्वविद्यालयको आंगिक बनाउने योजना रहेको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.