ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टीकोणले परिचित पर्सा जिल्ला भित्रका १४ वटा स्थानीय तह मध्य] ठोरी गाउँपालिका नेपाल सरकारको मिति २०७३.११।२७ गतेको स्थानिय तह घोषणावाट साविक ठोरी, निर्मलबस्ति, सुबर्णपुर् र महादेवपट्टि र सेढवा गा.वि.स लाई समेटेर सुबर्णपुर गाउँपालिका गठन भएको थियो । पछि मन्त्रीपरिषदको निर्णय अनुसार साविक ठोरी, निर्मलबस्ति र सुबर्णपुर गा.वि.स. समेटेर ठोरी गाउँपालिका घोषणा भएको हो । ठोरी गाउँपालिका मा ५ वटा वडा कायम भई गाउँपालिकाको केन्द्र सुवर्णपुर, पर्सामा रहेको छ ।
यस ठोरी गाउँपालिकाको पूर्वमा जिरा भवानी गाउँपालिका, पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा पर्सा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्ज दक्षिणमा भारतको सिमाना रहेकोछ । गाउँपालिकाको जनसंख्या २०,२९६ - विस हाजर दुई सय छयानब्बे _ रहेको छ । जम्मा क्षेत्रफल १२८.६७ वर्ग कि.मी. रहेको यस गाउँपालिकामा धार्मिक, साँस्कृतिक ऐतिहासिक तथा पर्यटकिय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण राष्ट्रिय निकुञ्ज एवं मठ मन्दिर, पार्क आदी रहेका छन । गाउँपालिकाको घोषणा भए पश्चात एकातिर गा.वि.स.को सोचबाट स्थनीय सरकारको अस्तित्व वोध गर्न र गराउन निर्वाचित जन प्रतिनिधी क्रियशील भएको अवस्थामा आवस्यक कर्मचारीको अभाव, भएका जनसक्तिमा पनि दक्षताको कमि, संघिय तथा प्रदेश सरकार बाट पाउनु पर्ने कानुनी निर्देशन प्राप्त हुन नसकिदाको अवस्था र समुदायको अशिमित चाहना एम उक्त चाहना परिपूर्ति गर्न गाउँ पालिका संग पर्य्प्ता श्रोत साधनको अभावमा समस्या झेली रहेको अवस्थाका बीच यस दोस्रो गाउँ सभामा आइपुगेका छौ ।
© 2025 Suchanaa. All Rights Reserved.