Directory Home / Directory
Tilagufa Municipality
Galje, Kalikot
Government
Office Info
Address Galje, Kalikot
Email 2 info@tilagufamun.gov.np
Email 3 mailadmin@tilagufamun.gov.np

कर्णाली प्रदेश अन्तरगत कालिकोट जिल्लाको पश्चिमी भागमा अवस्थित तिलागुफा नगरपालिका उच्च पहाडी विशेषता बोकेको क्षेत्र हो । कुल २६२.५६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका साविक फोइमहादेव, राँचुली, छाप्प्रे, जुविथा र चिल्खाया गाविस मिलेर बनेको हो ।  यस परिच्छेद अन्तरगत नगरपालिकाको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरूलाई देहाय बमोजिमका शीर्षकहरूमा व्याख्या गरिएको छ । 

 

भौगोलिक अवस्थिति
समुन्द्री सतहको १५३० मिटरदेखि ४५६० मिटरसम्मको उचाइमा रहेको तिलागुफा नगरपालिका भौगोगिक अवस्थितिका हिसाबले २९ डिग्री ४ मिनेट १८ सेकेण्ड उत्तरदेखि २९ डिग्री १४ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ४४ मिनेट १७ सेकेण्ड पूर्वदेखि ८१ डिग्री ५८ मिनेट २१ पूर्वी देशान्तरमा फैलिएको छ । यो नगरपालिका कालिकोट जिल्लाको जिल्लाको सदरमुकाम मान्मदेखि करीब ७० किमीको दूरीमा दक्षिण–पश्चिम भागमा रहेको छ । यस नगरपालिकाको पूर्वमा जुम्ला जिल्ला, पश्चिममा खाँडाचक्र नगरपालिका, दक्षिणमा महाबै गाउँपालिका र उत्तरमा पलाता र पचालझरना गाउँपालिकासँग सिमाना जोडिएको छ । 

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.