Directory Home / Directory
Tripurasundari Rural Municipality
Salyantar-2, Dhading
Government
Office Info

त्रिपुरासुन्दरी गाँउपालिका वाग्मती प्रदेश अन्तर्गत धादिङ्ग जिल्लामा पर्दछ। यस गाउँपालिका को नामाकरण साविकको सल्यानकोट गा.वि.स मा रहेको प्रसिद्ध मन्दिर त्रिपुरासुन्दरी माईको नामबाट नामाकरण गरिएको हो| त्रिपुरासुन्दरी गाँउपालिका मा जम्मा सात वटा वडाहरु रहेका छन्।जिल्ला सदरमुकाम धादिङ्गबेशि बाट ३० किलोमीटर उत्तरपश्चिम तर्फ अवस्थित यस गाउँपालिका, ८४.३६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । देश को पुनसंरचना संगै वि.स. २०७३ सालमा साबिकको जम्मा पांच ओटा गाविसहरु (सल्यानटार,आगिन्चोक, मुलपानी, सल्यानकोट, र त्रिपुरेश्वर) समाबेश गरी नेपाल सरकारबाट त्रिपुरासुन्दरी गाउँपालिका को रुपमा स्थापना भएको हो, भने गाउँ कार्यपालिकाको कार्यालय साबिकको सल्यानटार गाबिस भवनमा रहेको छ। यस गाउँकार्यपालिकाको पूर्वमा नेत्रावती र गंगाजमुना गाउँपालिका, पश्चिममा गोर्खा जिल्ला उत्तर मा गंगाजमुना गाउँपालिका, र दक्षिणमा ज्वालामुखी, नेत्रावती गाउँपालिका तथा निलकण्ठ नगरपालिका पर्दछ । यस गाउँपालिकाको जम्मा जनसंख्या २२,९६० रहेको छ । यस गाउँपालिकाका वासिन्दाहरु विशेष गरि कृषि पेशामा निर्भर रहेका छन् भने केहि मात्रामा सरकारी सेवा, व्यपार व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मीमा निर्भर छन् ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.