Directory Home / Directory
Tulsipur Sub-Metropolitan City
Tulsipur, Dang
Government
Office Info
Address Tulsipur, Dang
Hotline 16608218001
Audio Notice Board 1618-082-522283

तुलसीपुर उपमहानगरपालिका विश्वमानचित्रमा अवश्थििति उत्तरी गोलाद्र्धमा रहेको हाम्रो देश नेपालको पश्चिमी भेगमा रहेको सबैभन्दा ठुलो उपत्यका दांग जिल्लामा रहेको छ । यसको कुल क्षेत्रफल ३८४.८ वर्ग कि.मी. रहेको छ । यस उपमहानगरको करिब ७० प्रतिशत भुभाग दांग उपत्यकाको समथर भुभागमा रहेको छ । बाकी भुभाग पहाडी भुभागमा रहेको छ ।

महाभारत पहाड र चुरे लेकको विचमा रहेको यस उपमहानगरपालिकामा तुई दांग उपत्यका सहित दांग उपत्यकाको मध्य भागमा रहेका अधिकांस वस्तीहरु यसभित्र रहेका छन । प्रशस्त खेतियोग्य जमीन, सुन्दर मानववस्तीहरु, विभिन्न बजार केन्द्रहरु, खोला नाला, वनजंगलले ढाकीएको तुलसीपुरमा पार्क, मैदान, चरण क्षेत्र, विभिन्न पर्यटकीय स्थलहरु रहेका छन । यहा विभिन्न कला संस्कृती, धर्म संस्कार, जातजातिका रहन सहन, रितीरिवाज, लोकनाच, भाषा भेष, तथा विभिन्न कलात्मक मठ मन्दिर मस्जिद, गुम्बा चर्च पनि रहेका छन् ।

 

दाङ जिल्लाको मध्य भागमा रहेको यस उप–महानगरपालिका साविक तुलसीपुर नगरपालिका, हलवार, टरिगाउँ, उरहरी, पवननगर, मानपुर, विजौरी, डुरुवा र फुलवारी गा.वि.स. गाभेर  निर्माण भएको हो र यस नगरपालिकामा १९ वटा वडाहरू रहेका छन् ।

 

यसको पूर्वमा घोराही उप महानगरपालिका,पश्चिममा शान्तीनगर गाउँपालिका र दंगीशरण गाउँपालिका दक्षीणमा लमही नगरपालिका तथा र उत्तरमा सल्यान जिल्लाका कपुरकोट तथा त्रिवेणी गाउपालिका पर्दछन । यो उप–महानगरपालिका नेपालको संघीय राजधानी काठमाण्डौँबाट ४२५ कि.मी. पश्चिम दिशामा रहेको  छ ।

 

यस तुलसीपुर उप–महानगरपालिकामा खस (ब्राहमण, क्षेत्री, ठकुरी, दशनामी समुदाय, थारु, मगर, नेवार, गुरुङ, अल्पसंख्यक, कुमाल, गन्धर्व, वादी, मुस्लिम तथा क्रिश्चियन लगायत विभिन्न जातजाति भाषा, धर्म र संस्कृती भएका मानिसहरूको बसोवास रहँदै आएको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.