Aamchok Rural Municipality Home / Directory
Aamchok Rural Municipality
Walankha, Bhojpur
Government
Office Info
Address Walankha, Bhojpur

प्रदेश नं. १ भोजपुर जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित आमचोक गाँउपालिका ऐतिहासिक,महत्वपूर्ण र सम्भावना बोकेको गाँउपालिका हो । साविकका गाविसहरु वासिङथर्पु, यूँ, थिदिङखा, बालंखा, पावला,देवन्टार, दुम्माना र पाङचा मिलेर बनेको यस गाउँपालिका १० वटा वडामा विभाजित छ । पूर्वमा हतुवागढी गाउँपालिका, उत्तरमा रामप्रसादराई गाउँपालिका, पश्चिममा खोटाङको जन्तेढुङ्गा गाउँपालिका र दक्षिणमा उदयपुरको चौदण्डीगढी र वेलका नगरपालिका पर्दछ । यस गाउँपालिका मा ३५७७ घर परिवार तथा जनसंख्या २०३८० रहेकोछ । यस गाउँपालिकाको सवैभन्दा उच्च भू-भाग वडा न‌. २ यूँ को थामडाडाँ हो जसको उचाई २४४२ मि. रहेको छ तथा सवैभन्दा होचो भू-भाग वडा न‌. ८ दिङलापु पार्कुवा हो जसको उचाई २०० मि. यस गाउँपालिकामा मुख्य जनसाङ्खिक बाहुल्यता किरात राईको रहेको छ । साथै क्षेत्री,नेवार, मगर, बिश्वर्कमा, शेर्पा, तामाङ, ब्राम्हण, परियार, नेपाली, भुजेल, हायू जातिको मुख्य बसोवास रहेको छ । यस गाउँपालिकामा केही भौगोलिक कठीनाई रहेतापानि आर्थिक विकासको  सम्भावना प्रसस्तै रहेको छ। कृषि उत्तपादनमा विविधता ,प्राकृतिक स्रोतहरुको उपलव्धता, वनजंगल, जलस्रोतको पहुँच तथा बहुआयमिक प्रयोग प्रसस्तै नाङ्गा चौर र खर्कहरु सप्तकोशी देखी त्रिवेणी - सिम्ले - हैखराङ्ग- रानिटार सम्म जलयातायात सञ्‍चालनको सम्भावना, धार्मिक, सास्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका पर्यटकिय स्थलहरुले पर्यटन विकासको सम्भावना, जडिवुटी तथा नगदेवालिको प्रसस्त सम्भावना, तराई तथा व्यापारिक केन्द्रहरुसंगको सामिप्य दुरी यस गाउँपालिकाको आर्थिक विकासका महत्वपूर्ण सवल पक्षहरु मध्ये केही हुन् । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.