Directory Home / Directory
Ministry of Forests and Environment, Lumbini
Rapti Upatyaka (Deukhuri)
Government
Office Info
Address Rapti Upatyaka (Deukhuri)
Fax 082-590492

राज्य पुनःसंरचना भए पश्चात मुलुकमा संघ, प्रदेश र स्थानीय गरी ३ तहका सरकार सञ्चालनमा आएका छन् ।  लुम्बिनी प्रदेश सरकारको स्थापना पश्चात् मिति २०७४ फाल्गुन ०३ गते गठन भएका मन्त्रालयहरु मध्ये उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पनि एक हो । लुम्बिनी प्रदेश प्रदेश सरकार कार्य विभाजन नियमावली  अनुसार यस मन्त्रालयलाई  वन, वातावरण तथा जैबिक बिबिधता संरक्षण सम्बन्धी  कार्य जिम्मेवारी तोकिएको छ । हाल यस वन तथा वातावरण मन्त्रालय मातहत वन निर्देशनालय १ वटा, अनुसन्धान तथा प्रशिक्षण केन्द्र १ वटा, डिभिजन वन कार्यालयहरु १४ वटा, भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु ४ वटा (२ स्थायी र २ अस्थायी) र ८६ वटा सव-डिभिजन वन कार्यालयहरु स्थापना पछि सञ्चालनमा रहेका छन् ।

 

नेपालको संविधानले लुम्बिनी प्रदेशमा वन वन्यजन्तु जैबिक बिबिधता तथा वातावरण क्षेत्रको विकास, विस्तार र समृद्धि गर्ने जिम्मेवारी रहेको यस मन्त्रालय स्थापना भई सञ्चालनमा रहेको छ। प्रदेश भित्रको वातावरणीय संरक्षण तथा स्वच्छता सम्बन्धी प्रविधि विकास र व्यवस्थापन, वन, वनस्पति, वन्यजन्तु, जैविक विविधता, जलाधार व्यवस्थापन सम्बन्धी नियमन र व्यवस्थापन, वातावरणीय क्षेत्रको अध्ययन, अनुसन्धान, क्षमता अभिवृद्धि र नियमन गर्ने यस मन्त्रालयको मुख्य जिम्मेवारी रहेको छ ।

 

दीर्घकालीन सोच, लक्ष्य  र उद्देश्यः

वन वातावरण तथा भूसंरक्षणः

दीर्घकालीन सोचः

वातावरणीय सन्तुलन कायम राख्दै रोजगारी र आयआर्जन हुनेगरी वनको दिगो व्यवस्थापन ।

 

लक्ष्यः

वन पैदावारहरूको समूचित प्रयोग, जैविक विविधता र जलाधारको समुचित संरक्षण, व्यबस्थापन र सदुपयोगबाट वातावरणीय सन्तुलन कायम गर्दै रोजगारी र आयआर्जनमा वृद्धि गर्ने ।

 

रणनीतिः

  1.  वन सम्बन्धी प्रादेशिक नीति, कानून र उपयुक्त संरचना बनाउने ।
  2.  विद्यमान वन क्षेत्र कायम राखी उत्पादकत्व वृद्धिका लागि वनको सहभागितामूलक, दिगो एवम् वैज्ञानिक व्यवस्थापन गर्ने ।
  3.  जैविक विविधता र जलाधारको दीगो व्यवस्थापन र उपयोगमा स्थानीय समुदायको पहुँच वृद्धि गर्ने एवम् पर्यापर्यटनका आधार क्षेत्रहरूलाई पुन:स्थापना तथा पुन:निर्माण गर्ने ।
  4.  जलवायु परिवर्तनका असर तथा वायू प्रदुषणलाई मध्यनजर राख्दै वातावरण संरक्षण गर्ने ।
  5.  निजी तथा कृषि वन विकास तथा विस्तार गरी जलवायु परिवर्तन न्यूनीकरणमा योगदान गर्नुका साथै कृषकको आम्दानी तथा रोजगारीमा वृद्धि गर्ने  ।                                                               

जडिबुटी तथा गैह्रकाष्ठ वनपैदावारः

दीर्घकालीन सोचः

जडिबुटी तथा गैह्रकाष्ठ वनपैदावारको व्यावसायिक उत्पादन तथा प्रशोधन मार्फत अर्थतन्त्रमा योगदान ।

लक्ष्यः

जडिबुटी तथा तथा गैह्रकाष्ठ वनपैदावारको व्यावसायिक उत्पादन तथा प्रवर्द्धन गर्नुका साथै आय र रोजगारी बढाउने ।

रणनीतिः

  1.  भौगोलिक विशेषता अनुरूप जडिबुटी तथा गैह्रकाष्ठ वनपैदावारको व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने  ।
  2.  जडीबुटी तथा गैह्रकाष्ठ वनपैदावारको लागि आन्तरिक र बाह्‍य बजार प्रवर्द्धन गर्ने ।

 

उद्देश्यहरुः

  • दीगो एवम् वैज्ञानिक वन व्यवस्थापनद्वारा वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन वृद्धि गर्नु ।
  • जैविक विविधता र स्रोतको संरक्षण लगायत वातावरणीय सेवाबाट प्राप्त हुने लाभ वृद्धि गर्दै न्यायोचित वितरण सुनिश्चित गर्नु  ।
  • जडिबुटीहरूको तथा गैह्रकाष्ठ वनपैदावारको व्यवसायिक खेती गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि सहित रोजगारी सिर्जना गर्नु ।
  • जडिबुटी तथा तथा गैह्रकाष्ठ वनपैदावारमा आधारित उद्योगहरूको स्थापना, मूल्य अभिवृद्धि तथा निर्यात प्रवर्द्धन गर्नु ।
  • दीगो विकासको लक्ष्य हासिल गर्न वातावरण संरक्षण गराउनु  ।
  • वनजन्य वस्तुको उत्पादन विस्तार र यसमा आधारित उद्योगहरू स्थापना गरी रोजगारी सिर्जना गर्नु ।
  • भू-स्खलन नियन्त्रण र भू-संरक्षण कायम गर्दै वातावरणीय सन्तुलन कायम गर्नु ।
  • जलवायू परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण तथा अनुकूलन र विपद् जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्दै जल, जलस्रोत तथा भूमिको संरक्षणबाट भूमिको उत्पादकत्व वृद्धि गर्न जलाधार क्षेत्रको एकीकृत संरक्षण र व्यवस्थापन गर्नु ।
  • हरित विकासको अवधारणा अनुरूप मानवीय क्रियाकलाप र विकास प्रक्रियालाई जलवायू परिवर्तन अनुकूलित गराउनु ।
  • बढ्दो सहरीकरणबाट उत्सर्जित प्रदुषण न्यूनीकरण गराउनु ।   

 


 

Other ministries under Lumbini Province

  1. Office of the Chief Minister and Council of Ministers, Lumbini
  2. Ministry of Agriculture, Land Management and Cooperatives, Lumbini
  3. Ministry of Industry, Tourism and Transport, Lumbini
  4. Ministry of Social Development, Lumbini
  5. Ministry of Women, Children and Senior Citizens, Lumbini
  6. Ministry of Industry, Commerce and Supplies, Lumbini
  7. Ministry of Energy, Water Resource and Irrigation, Lumbini
  8. Ministry of Internal Affairs and Laws, Lumbini
  9. Ministry of Health, Lumbini
  10. Ministry of Physical Infrastructure Development, Lumbini
  11. Ministry of Economic Affair and Planning, Lumbini
  12. Ministry of Urban Development and Water Supply, Lumbini

 

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.