लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/०१/०६ को निर्णयानुसार स्वीकृत प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७८ को नियम ७ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८ भाद्र १८ गते प्रदेश राजपत्र खण्ड ५ संख्या ८ मा प्रकाशन भए बमोजिम साविकको शिक्षा तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत श्रम तथा रोजगार शाखा र आन्तरिक मामिला तथा कानून मन्त्रालय अर्न्तगत रहेका यातायात व्यवस्था कार्यालयहरु र सेवा कार्यालयहरु समेत समावेश गरी श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय स्थापना भएको। लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९/०३/३१ को निर्णयानुसार प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७८ को नियम ७ को अनुसूची १ र २ मा हेरफेर गरी मन्त्रालयको नाम श्रम तथा यातायात व्यवस्था मन्त्रालय कायम भएको। मिति २०७९।१०।२८ गतेको मन्त्रिपरिषद् गठनबाट यस मन्त्रालयको नाम उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय रहेको। मिति २०८०।०९।०७ गतेकाे प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७९ को अनुसूची १ र २ मा हेरफेर गरी मन्त्रालयको नाम उद्योग तथा यातायात व्यवस्था मन्त्रालय राखिएको। मिति २०८१।०१।०६ गतेको मन्त्रिपरिषद् गठनबाट यस मन्त्रालयको नाम उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय रहन गएकोमा मिति २०८१।०४।१५ को मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश सरकर (कार्य विभाजन नियमावली, २०७९ को अनुसूची -१ र अनुसूची -२ हेरफरे गरी मन्त्रालयको नाम "उद्योग, पर्यटन तथा यातायात मन्त्रालय" रहन गएको छ।
मन्त्रालयको कार्यक्षेत्र:
उद्योग तथा बाणिज्य क्षेत्रको नियमन र सञ्चालन एवं व्यवस्थापन
पर्यटन प्रबर्द्धन र विकास/पुरातत्व संरक्षण
श्रम तथा रोजगारी व्यवस्थापन
यातायात क्षेत्रको सुदृढीकरण, व्यवस्थापन र प्रबर्द्धन
Other ministries under Lumbini Province
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.