Ministry of Physical Infrastructure Development and Transport Management, Gandaki Home / Directory
Ministry of Physical Infrastructure Development and Transport Management, Gandaki
Government
Office Info
Address Not available

ऐतिहासिक प्रदेश सभाको २०७४ मंसिर २१ गते सम्पन्न भएको निर्वाचन पश्चात २०७४ साल माघ २८ गते प्रदेश स्तरीय पूर्वाधार सम्बन्धि नीति निर्माण, योजना तर्जुमा, भौतिक पूर्वाधारको विकास निर्माण र अनुगमन गर्ने उद्देश्यका साथ भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो।गण्डकी प्रदेश, कार्यविभाजन नियमावली २०७४ को अनुसूचिमा मिति २०७८।०२।०५ को मन्त्रिपरिषद्को निर्णय बमोजिम कार्य विभाजनमा हेरफेर भई भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय र उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय कायम भएको।नेपालको संविधानले व्यवस्था गरे अनुसार प्रदेश लोकमार्ग तथा यातायात, प्रदेश स्तरका कार्यालयहरुको भौतिक व्यवस्था र निर्माण, संचालन, मर्मत संभार लगायतका विषयहरुको लागी आवश्यक नीति, कानुन, गुरुयोजना, योजना, मापदण्ड तयारी गर्ने कार्य यस मन्त्रालयबाट सम्पादित हुनेछ।

 

मन्त्रालयसँग सम्बन्धित कार्य जिम्मेवारीहरु

  • रज्जुमार्ग, जलमार्ग, लगायतका बैकल्पिक यातायात प्रबिधिको प्रवर्धन, सम्भाव्यता अध्ययन, आयोजना कार्यान्वयन, संचालन र व्यवस्थापन गर्ने।
  • प्रदेश लोकमार्ग सम्बन्धि नीति, कानुन, मापदण्ड तथा योजना तर्जुमा र निर्माण स्तरोन्नती, मर्मत संभार तथ्यांक व्यवस्थापन, सडक प्रविधि सम्बन्धि अध्ययन अनुसन्धान, यातायात सूरक्षा, कार्यान्वयन र नियमन गर्ने।
  • प्रदेशस्तरका सरकारी कार्यालयहरुको भौतिक व्यवस्थापन र निर्माण सम्बन्धि नीति कानुन मापदण्ड र योजना तर्जूमा कार्यान्वयन र नियमन गर्ने।
  • प्रदेशभित्रको शहरी बिकास योजना तर्जुमा सहरी पूर्वाधार निर्माण संचालन मर्मत संभार र आवास तथा भवन सम्बन्धि योजनाहरुको कार्यान्वयन र मार्ग निर्देशन गर्ने।
  • प्रदेशभित्र उपर्युक्त भवन निर्माण प्रबिधिको  प्रवर्धन गर्ने।
  • प्रदेशस्तरमा राष्ट्रिय भवन संहिताको कार्यान्वयन र नियमन गर्ने।
  • प्रदेशको राजधानी र प्रादेशीक शहरको बिकास योजना तर्जुमा कार्यान्वयन संयोजन र पुर्वाधार निर्माण गर्ने।
  • सुरक्षित बसोवास र जग्गा एकिकरण सम्बन्धि नीति तर्जुमा र कार्यान्वयन गर्ने।

 


 

Other ministries under Gandaki Province

  1. Office of the Chief Minister and Council of Ministers, Gandaki
  2. Ministry of Energy, Water Resources and Water Supply, Gandaki
  3. Ministry of Forest and Environment, Gandaki
  4. Ministry of Social Development, Youth and Sports, Gandaki
  5. Ministry of Internal Affairs and Law, Gandaki
  6. Ministry of Economic Affairs, Gandaki

 

Linked Organizations

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.