नेपालको संविधानले एकात्मक शासन पद्धति रहेको नेपाललाइ संघिय संरचनामा परिणत गरी संघ प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको छ। प्रदेशमा प्रदेश सरकार रहने व्यवस्था अनुसार सात वटै प्रदेशमा प्रदेश सरकार मातहत विभिन्न मन्त्रालयहरुको स्थापना गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश सरकार मातहत रहने विभिन्न मन्त्रालयहरु मध्ये एक हो । यस मन्त्रालयको स्थापना २०७४ माघ २८ गते भएको हो ।
गण्डकी प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयलाई शिक्षा, महिला, वालवालिका, जेष्ठ नागरिक, अपाङ्ग, सामाजिक सुरक्षा ,भाषा सस्कृति, पुरातत्व, श्रम तथा रोजगारसंग सम्वन्धित विषयहरुको जिम्मेवारी तोकिएको छ ।यस मन्त्रालयको कार्यक्षेत्र भित्र रहेका विभिन्न विषयहरुको प्रदेश स्तरिय कानून नीति मापदण्डहरुको निर्माण गर्नुपर्ने भएकोले मन्त्रालय हाल यीनै विषयमा केन्द्रित रहेको छ । साथै मन्त्रालयले आफ्नो विषय क्षेत्र भित्रका विभिन्न कार्यक्रमहरु निर्माण गरी कार्यान्वयन गरिरहेको छ ।
यस मन्त्रालयको मूल उद्देश्य गण्डकी प्रदेशका जनताको शिक्षा स्वास्थ्य खेलकुद लगायत मन्त्रालयसंग सम्वन्धित विभिन्न विषयको कानून नीति नियम मापदण्ड निर्माण तथा कार्यक्रमको कार्यान्वयनवाट समग्र सामाजिक क्षेत्रको विकास गरी स्वस्थ शिक्षित सक्षम उद्यमशिल नागरिक तयार गरी प्रदेशको विकासमा योगदान गर्दै समाजवाद उन्मुख समृद्ध प्रदेशको निर्माणमा योगदान पुराउनु हो । सामाजिक विकास मन्त्रालयको लक्ष्य देहाय अनुसार रहेको छ
Other ministries under Gandaki Province
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.