Directory Home / Directory
Ministry of Urban Development and Water Supply, Lumbini
Rapti Upatyaka (Deukhuri)
Government
Office Info
Address Rapti Upatyaka (Deukhuri)
Phone
Not available

नेपालमा लामो समयदेखि कायम रहेको एकात्मक राज्य व्यवस्थालाई विस्थापित गर्दै नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्दतिको अवलम्बनसँगै तीन तहको सरकारः संघ, प्रदेश र स्थानीय सरकारको व्यवस्था रहेको छ। नेपालको संविधानले तीनै तहका सरकारको अधिकार सहितको कार्यविभाजन अनुसूचीमा व्यवस्था गरेको छ।

 

लुम्बिनी प्रदेश सरकारको कार्यविस्तृतीकरण अनुसार यस मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने प्रदेशभित्रका खानेपानी तथा सरसफाइ, आवास, भवन तथा शहरी विकास जस्ता आयोजनाहरुको तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान, अनुगमन तथा पूर्वाधार निर्माण र व्यवस्थापकीय कार्य गर्ने उद्देश्यले मिति २०७८।०१।०६ मा ग्रामीण तथा शहरी विकास मन्त्रालयको स्थापना भएकोमा मिति २०७८।०५।१८ मा मन्त्रालयको नाम संशोधन भई पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयको रुपमा, प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९।१०।२७ को निर्णयानुसार प्रदेश सरकार (कार्यविभाजन नियमाली), २०७९ बमोजिम नाम र कार्यक्षेत्र हेरफेर भई खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयको रुपमा,  लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८०।०९।०६ को निर्णयानुसार शहरी विकास मन्त्रालयको रुपमा र हाल लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१/०१/१२ को निर्णयानुसार शहरी विकास तथा खानेपानी मन्त्रालयको रुपमा रहेको छ ।

 

प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत भएको प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७९ अनुसार यस मन्त्रालयलाई देहाय बमोजिमका कार्य जिम्मेवारी दिइएको छ।

  • प्रदेशस्तरको खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी प्रादेशिक नीति तथा मापदण्ड तर्जुमा र कार्यान्वयन, सेवाको शुल्क निर्धारण, योजना, आयोजना कार्यान्वयन तथा सञ्चालन, संभार र नियमन
  • खानेपानी तथा सरसफाइ सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता प्रवर्द्धन सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन
  • सर्वसाधारणलाइ स्वच्छ खानेपानीको उपलब्धता र खानेपानी, सरसफाई तथा स्वच्छतामा पिछडिएका वर्गको पहुँच सुनिश्चितता
  • प्रदेशस्तरका सरकारी कार्यालयहरुको भौतिक व्यवस्थापन र निर्माण सम्बन्धी नीति, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन
  • प्रदेशभित्रको सहरी विकास योजना तर्जुमा, सहरी पूर्वाधार निर्माण, सञ्चालन, मर्मत संभार र आवास तथा भवन सम्बन्धी योजनाहरुको कार्यान्वयन र मार्ग निर्देशन
  • प्रदेशस्तरमा राष्ट्रिय भवन संहिताको कार्यान्वयन र नियमन तथा प्रदेशभित्र उपयुक्त भवन निर्माण प्रविधिको प्रवर्द्धन
  • प्रादेशिक सहरको विकास, योजना तर्जुमा, कार्यान्वयन, संयोजन र पूर्वाधार निर्माण
  • सुरक्षित बसोवास र जग्गा एकीकरण सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन
  • बस्ती स्थानान्तरण सम्बन्धी नीति, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन
  • लोपोन्मुख, सीमान्तकृत, गरिब, जेष्ठ नागरिक लक्षित आवास सम्बन्धी नीति, मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन

 


 

Other ministries under Lumbini Province

  1. Office of the Chief Minister and Council of Ministers, Lumbini
  2. Ministry of Agriculture, Land Management and Cooperatives, Lumbini
  3. Ministry of Industry, Tourism and Transport, Lumbini
  4. Ministry of Social Development, Lumbini
  5. Ministry of Women, Children and Senior Citizens, Lumbini
  6. Ministry of Industry, Commerce and Supplies, Lumbini
  7. Ministry of Forests and Environment, Lumbini
  8. Ministry of Energy, Water Resource and Irrigation, Lumbini
  9. Ministry of Internal Affairs and Laws, Lumbini
  10. Ministry of Health, Lumbini
  11. Ministry of Physical Infrastructure Development, Lumbini
  12. Ministry of Economic Affair and Planning, Lumbini

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.