Aarughat Rural Municipality Home / Directory
Aarughat Rural Municipality
Aarughat RM, Gorkha, Gandaki
Government
Address Aarughat RM, Gorkha, Gandaki
Email 2 rm.arughat@gmail.com

नेपाल सरकारको पछिल्लो प्रशासनिक विभाजन अनुसार गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाका ११ स्थानीय तहहरूमध्ये एक आरूघाट गाउँपालिका साविकका ५ वटा गा.वि.स.हरु (आरुचनौटे, आरुपोखरी, आरुअर्बाङ्ग, मान्बु र थुमी) मिलेर स्थापना भएको हो । भौगोलिक हिसाबले ८४०४४’३१.९६” देखि ८४०५८’२०.०९” पूर्वी देशान्तर र २८०२’२१.५५” देखि २८०११’५६.१२” उत्तरी अक्षांशसम्म रहेको यस गाउँपालिकामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ । यो गाउँपालिका समुद्री सतहबाट ४७९ मिटर देखि ३७३५ मिटरको उचाइमा रहेको छ । गाउँपालिकाको घर धुरी सर्वेक्षण २०७८ अनुसार १५४.५६ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस आरूघाट गाउँपालिकाको पूर्वमा धादिङ जिल्ला, पश्चिममा बारपाक सुलिकोट गाउँपालिका, उत्तरमा धार्चेगाउँपालिका तथा दक्षिणमा भिमसेनथापा गाउँपालिका पर्दछन् । प्रशासनिक तथा राजनैतिक दृष्टिले यस गाउँपालिकालाई १० वटा वडामा विभाजन गर्नुका साथै गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं.१, प्रदेशसभाको लागि निर्वाचन क्षेत्र १(ख) गण्डकी प्रदेश अन्तर्गत राखिएको छ । केन्द्रीय तथ्याङ्क बिभाग, राष्ट्रिय जनगणना, वि.सं.२०७८ को प्रारम्भिक नतिजा अनुसार यस गाउँपालिकाको कूल जनसंख्या २१,८७६ (पुरुष : १०४०९,महिला: ११४६७, परिवार संख्या: ६२२०, घरसंख्या ५९५०) रहेको छ ।

गाउँपालिकाको अधिकांश क्षेत्र वनजंगल, पहाडी भूभागले ओगटेको खेतीयोग्य एवं उर्वरा जमीन, नदीनाला,जंगली जनावर र जडीबुटी पनि उल्लेख्य मात्रामा मात्रामा रहेका छन् । नेपालको मध्य पहाडी महाभारत पर्वत श्रृंखलामा अवस्थित गोरखा जिल्लाका ११ वटा स्थानीय तहहरूमध्येको एक आरुघाट गाउँपालिका भौगोलिक विविधताले भरिपूर्ण रहेको छ । बुढी गण्डकी नदीले बनाएको गहिरो आरुघाट खोँच देखि अग्ला हिउँदमा कहिलेकाहीँ हिउँ समेत पर्ने सतिडाँडा माथिल्लो धोरतडाँडा लगायत महाभारत पर्वत श्रृंखलासम्म फैलिएको यस गाउँपालिका प्राकृतिक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण रहेको छ ।

आरूघाट गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.