Aathabis Municipality Home / Directory
Aathabis Municipality
Rakamkarnali, Aathabis MUN, Dailekh, Karnali
Government
Address Rakamkarnali, Aathabis MUN, Dailekh, Karnali
Email 2 ito.aathabismun@gmail.com

नेपाल सरकारको वि.सं.२०७३ फागुन २६ गतेको निर्णयानुसार साविकका ६ वटा गाविसहरु साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट,सिहासैन र तिलेपाटालाई एक आपसमा गाभेर ९ वटा वडामा विभाजन गरी यो आठवीस नगरपालिकाको संरचना तयार पारिएको हो । कुल १६८ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका दैलेखका ११ वटा स्थानीय तहहरु मध्ये क्षेत्रफल र जनसंख्याका हिसाबले दोस्रो ठुलो स्थानीय तह हो ।

 

दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणीय वातावरण रहेको यो सुन्दर नगरपालिकामा थोरै साधन र स्रोतको लगानीवाट नगरपालिकाको, सामाजिक, आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामा यो नगरपालिका रहेको छ । वि.स २०६८ सालको जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या २९ हजार २ सय २७ रहेको छ । कुल जमिनको ७७.३२ प्रतिशत अर्थात १२ हजार ९ सय ८९ दशमलब ५४ हेक्टर भुभाग बनजंगलले ढाकेको यस नगरपालिका भित्र प्रशस्त मात्रामा खोलानाला तथा कर्णाली नदी रहेका छन् ।

 

मुख्यतया क्षेत्री, ब्राह्मण, ठकुरी, कामी जातिको बाहुल्यता रहेको यस नगरपालिकामा मगर, दमाईको पनि बसोबास रहेको छ भने केही संख्यामा अल्पसंख्यक वादी जातिको पनि बसोबास रहेको छ । यस नगरपालिकाका बिभिन्न वडाहरुमा हिन्दु, इसाई, मुस्लिम, बौद्ध धर्मावलम्वीहरु रहेका छन । नगरपालिकामा जाक्सीकोट मालिका माई,अधिकारी, भैरव मन्दिर,थामा चौधेरा माई मन्दिर जस्ता धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका सम्पदाहरु रहेका छन् । प्राकृतिक स्रोत साधनको रुपमा कर्णाली नदी,खोलानाला, स्लेट खानी, प्रसस्त मात्रामा बनजंगल तथा जडिबुटी रहेको छ ।

 

आठबीस नगरपालिकाको ऐतिहासिक पृष्ठभूमी

दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका देखि २२ कोष पश्चिम क्षेत्रमा चामुण्डा विन्द्रासैनी नगरपालीका र ठाटिकांध गाउपालीकासंगै सिमाना जोडिएको आठवीस नगरपालिका साविकका ६ वटा गाविसहरु (साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट,सिहासैन र तिलेपाटा) एकआपसमा गाभिएर संघीय पुनसंरचना आयोगको प्रतिवेदन बमोजिम मिति २०७३ फाल्गुण २७ गतेदेखि आठवीस नगरपालिका बनेको हो । यस नगरपालिकमा २०६८ सालको राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या २९ हजार २ सय २७ रहेको छ । जसमा १४ हजार ४ सय ८४ जना पुरुष र १४ हजार ४ सय ४३ जना महिला रहेका छन् । यस नगरपालिकाको क्षेत्रफल करिब १६८ वर्ग कि.मि रहेको छ । यस क्षेत्रमा उद्योग व्यापार पर्यटन, कृषि ,पशुपालनको उच्च सम्भावना रहेको छ । जातीय रुपमा मिश्रित बसोबास रहेको यस नगरपालिकामा क्षेत्री जातिको बाहुलयता रहेको छ । विशेष गरी क्षेत्री, ब्राहमण, ठकुरी , दलित तथा मगरहरुको उच्च बसोबास रहेको देखिन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ । यस क्षेत्रमा खेतीयोग्य जमिनका साथै केही भु–भाग भिरालो जमिनले बनेको हुदाँ यस क्षेत्रका मानिसहरु जिविकोपार्जनका लागि कृषिका अतिरिक्त ज्याला मजदुरीमा काम गर्नका लागि भारत लगायत अन्य देशहरुमा जाने गरेको पाइन्छ ।

 

मुख्य गरी वनजंगल, वन पैदावार र कृषि तथा पशु उत्पादनलाई मुख्य आम्दानीको स्रोत मानिने यस नगरपालिकाको रामाघाट, टुनीवगर र राकमकर्णाली, खिडकीजिउला बजारलाई मुख्य ब्यापारिक केन्द्र मानिदै आएको छ ।

 

साविककका ६ वटा गाविसहका ५४ वटा वडाहरुलाई पुनसंरचना गरी यस नगरपालिकामा ९ वटा वडाहरु कायम गरिएको छ । यातायातको सुविधा, भौगोलिक रुपमा मिलेको वस्ती, मध्यपहाडी लोकमार्गको मेगा सिटि र कर्णाली राजमार्गमा पर्ने भएकोले यस नगरपालिकाकोे मुख्य केन्द्र वडा नं. ४ राकम कर्णालीमा कायम गरीएको छ । राज्यको बिकेन्द्रीकृत शासनप्रणाली तथा स्थानीय जनचाहना र आवश्यकताको सम्बोधन गर्ने हेतुले यस नगरपालिकाले सरकारी निकायका बिभिन्न बिषयगत कार्यालयहरु र गैरसरकारी संघ/संस्थाहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

आठबीस नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.