Aathbiskot Municipality Home / Directory
Aathbiskot Municipality
Aathbiskot, Rukum (West)
Government
Office Info
Address Aathbiskot, Rukum (West)
Email 2 ito.aathbiskotmun@gmail.com
Phone 2 9848583138, 9841389961
Phone 3 9851221507, 9841340643

आठविसकोट नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको छ नं. प्रदेश अन्तर्गतको रुकुम जिल्लामा पर्ने एक स्थानीय तह हो । साविकका स्यालाखदी, गोतामकोट, आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा गा.वि.स. र साविकको मग्गा गा.वि.स.का वडा नं. ७ र ८ समायोजन भई यस नगरपालिकाको निर्माण भएको हो ।


यस नगरपालिकाको कूल क्षेत्रफल ५६०.३४ वर्गकिलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या ३३,६०१ (जनगणना २०६८ अनुसार) रहेको छ । यस नगरपालिकामा १४ वटा वडा रहेका छन् । यो रुकुम जिल्लाकै सबैभन्दा बढी जनसंख्या तथा क्षेत्रफल भएको नगरपालिका हो । आठविसकोट नगरपालिका वडा नं. ९ स्थित राडीज्यूलामा नगरपालिकाको केन्द्र अवस्थित रहेको छ । ठूलोभेरी नदीको किनारामा अवस्थित यस राडिज्यूला आठविसकोट नगरपालिका क्षेत्रभित्रका व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो । छिमेकी जिल्ला डोल्पासँगसमेत सिमाना जोडिएको यस नगरपालिकाको केन्द्रमा अवस्थित राडीज्यूला डोल्पा जिल्लाको लागि समेत व्यापारिक स्थल हो । गिजागाडखोला तथा ठूलीभेरीको काखमा अवस्थित यो ज्यूलाको वरीपरी पहाडले घेरेर झण्डै उपत्यका बनाएको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।


‘समृद्ध शहरको रहर, स्वच्छ, सफा र शान्त आठविसकोट नगर’ भन्ने मूल नारालाई आत्मासात गर्दै यस नगरपालिका क्षेत्रको समृद्ध, समुन्नति र विकासको लागि सिंगो नगरपालिका परिवार एकतावद्ध ढङ्गले अगाडी बढिरहेको छ । नगरपालिका क्षेत्रभित्रका महिला, आदिवासी जनजाती, दलित, अपाङ्गजस्ता वर्ग र क्षेत्रको आर्थिक र सामाजिक उनन्यनको लागि नगरपालिका कटिवद्ध रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.