Aiselukharka Rural Municipality Home / Directory
Aiselukharka Rural Municipality
Aiselukharka, Khotang
Government
Office Info
Address Aiselukharka, Khotang
Email 2 info@aiselukharkamun.gov.np

ऐसेलुखर्क गाउँपालिका २७० १८’ ४०” देखि २७० २६’ १५” उत्तरी अक्षांश सम्म फैलिएको छ । त्यस्तै ८६० ४३’ ३०” देखि ८६० ४९’ ४०”  पुर्वी देशान्तर सम्म रहेको छ । ऐसेलुखर्क गाउँपालिकाको केन्द्र वडा नं. ३ को ऐसेलुखर्क वजारमा रहेको छ । ऐसेलुखर्क गाउँपालिकाको सिमाना पुर्वमा केपिलास गढि गाउँपालिका, पश्चिममा ओखलढुङ्गा जिल्ला सिमाना हुदै वहने दुधकोशी नदि, उत्तरमा सोलुखुम्वु जिल्ला, दक्षिणमा रुपाकोट नगरपालिका रहेको छ । ऐसेलुखर्क गाउँपालिकाको क्षेत्रफल १२५.९३ वर्ग कि.मि. रहेको छ ।  कुनै पनि ठाउँको एक वर्ष सम्मको औषत मौषमलाई त्यस ठाउँको हावापानी भनिन्छ । नेपालमा उष्ण मनसुनी हावापानी, न्यानो समशितोष्ण हावापानी, ठण्डा समशितोष्ण, लेकाली हावापानी र हिमाली हावापानी गरी नेपालमा पाँच किशिमका हावापानी पाईन्छ तयसैले नेपालको हावापानीमा विषमता पाईन्छ । यस ऐसेलुखर्क गाउँपालिकामा हावापानीमा विषमता पाईन्छ । यहाँ उष्ण हावापानी, ठण्डा शितोष्ण हावापानी र समशितोष्ण हावापानी पाईन्छ । यहाँको  तापक्रम अधिकतम ३८० से. देखि न्युनतम ५० से. सम्म पाईन्छ । साथै यहाँको वार्षिक औषत १४८ मि.मी. वर्षा  हुन्छ ।यस ऐसेलुखर्क गाउँपालिकाको भुगोल  पहाडि धरातलमा रहनुको साथै  ठण्डा शितोष्ण हावापानी र समशितोष्ण हावापानी पाईने भएकोले यहाँ मकै,कोदो आलु, गहु, फापर जस्ता अन्नहरु उत्पादन हुन्छ । केहि भागमा धान पनी उनपादन हुन्छ । त्यसैले यहाँको प्रमुख खाना भात ,गेडागुडी, सागपात, सिन्की, गुन्दु्रक,ढिडो, मासु रोटी, पुवा, खिचडी आदी । यस ऐसेलुखर्क गाउँपालिकाको प्रमुख व्यापारिक स्थानमा ऐंसेलुखर्क हो । यहाँ हप्ताको एक दिन शनिवारे हटिया लाग्दछ । यो स्थान ७ वटै वडा लगायत सोलुखुम्वु जिल्लाको जुवु, लोखिम, कुरिमा, सोताङ गुदेल लगायतका क्षेत्रहरुको व्यापारिक केन्द्र पर्दछ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.