नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्य पहाडी भेगमा रहेको नगरपालिका हो । २०५३ साल माघ ११ गते देशभर घोषणा भएका १५ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरु (डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा,उग्रतारा र भुमिराज) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । अमरगढी नगरपालिकाको नामाकरण राजा रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संञ्चालित नेपाल एकिकरणको सिलसिलामा वि.सं. १८४४ भाद्र ३१ गते आइतबारका दिन सेती नदीको नारीदाङमा गोर्खाली सैन्य सित डोटेली सैन्य पराजित भइसकेपछि, डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र यस भु-भागको सु-शासनलाई सुदृढ र विस्तार गर्नका लागि श्री अमर सिंह थापा यस क्षेत्रका प्रथम प्रशासकका रुपमा नियुक्त भएर आए । उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारि पनि विजय अभियानलाई जारी राख्न डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गाको टाकुरामा निमार्ण गरेको विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न तिनै ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण हुन गएको हो ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.