Arjundhara Municipality Home / Directory
Arjundhara Municipality
Sanischare, Jhapa
Government
Office Info
Address Sanischare, Jhapa
Fax 023465577
Email 2 arjundharamun@gmail.com
नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको खुदुनाबारीमा अवस्थित सहिद शाहदत स्थल, ऐतिहासिक शनिश्चरे बजार र हिन्दु धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले चिर परिचित अर्जुनधारा  यी तिनै स्थान पूर्व गाउ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर्र्संरचना पछि पहिलो चरणमा शनिश्चरे र अर्जुनधारालाई समेटि २०७१/०१/२५ गतेको सरकारको निर्णय अनुसार शनिअर्जुन नगरपालिका  र २०७३/१२/२७ गते देखि स्थानीय पूनर्संरचना पछि खुदुनाबारी गा.वि.स.लाई समेत समेटेर यस क्षेत्रको पवित्र धार्मिक स्थल अर्जुनधाराको नाममा यस नगरपालिकाको नामाकरण गरिएको छ ।    
 
यो नगरपालिका झापा जिल्लाको मध्य उत्तरमा रहेको छ । कुल क्षेत्रफल १०९.८६ वर्ग कि.मी. रहेको छ । अंक्षाश २६.६८ डिग्री  र देशान्तर ८७.९९ डिग्री रहेको छ भने महिला ३२३२३ र पुरुष ३१४९२ गरी कुल जनसख्ंया ६३८१५ रहेको छ ।  सदरमुकाम भद्रपुर देखि २३ किलो मिटर उत्तरमा रहेको यस नगरपालिकाको पूर्वमा बुद्धशान्ति गाउपालिका र मेची नगरपालिका भने  पश्चिममा झापाको कनकाई नगरपालिका र इलामको माइ नगरपालिका रहेका छन् त्यसरी नै दक्षिणमा विर्तामोड नगरपालिका पर्दछ उत्तरमा इलामको रोङ्ग गाउंपालिका रहेको छ । यस नगरपालिकालाई झापाकै बाढी प्रभावित विरिङ्ग खोलाले बीचमा चिरेर बगेको छ भने झापा आन्दोलनको उद्गम स्थल सुखानी शाहदत्त स्थल, सुाखनी सहिद पार्क, नेपालको एकमात्र शंकराचार्य पीठ साधुटार, धार्मिक पवित्र स्थल अर्जुनधारा, १८ बर्षसम्म नेपाली मुलका भुटानी शरणार्थीहरुले बसोबास गरेको कैदले वन सहित ८ वटा सामुदायिक वन र १०० बर्ष भन्दा पुरानो बजार शनिश्चरे बजार पनि यसै नगरपालिकामा पर्दछ । 
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.