नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने जनकपुर अञ्चलको जिल्ला मध्ये धनुषा जिल्ला नेपालको दक्षिणी तराई तथा जनकपुर अञ्चलको ६ जिल्ला मध्ये एक हो र हाल विभाजन अनुसार प्रदेश नं. २ मा पर्दछ । प्रसाशनिक विभाजन अनुसार यस जिल्लामा ४ निर्वाचन क्षेत्र, ११ नगरपालिका,६ गाउँ पालिका एक उप महा नगरपालिका रहेका छन् त्यस अन्तर्गत औरही गाउँपालिका धनुषा जिल्लाको निवार्चन क्षेत्र नं २ अन्तर्गत पर्दछ । साविकमा समावेश भएका गा.वि.स.हरु पौडेश्वर, औरही, देउरीपरवाहा र चक्कर गा.वि.स. रहेका छन् । यसको कुल जनसंख्या २२५७८ रहेका छन भने कुल क्षेत्रफल २५.५६ वर्ग कि.मि. रहेका छन् । यस गाउँपालिकाको प्रस्तावित केन्द्र भने साविक गा.वि.स. देउरी परवाहा वडा नं. ८हालको औरही गाउँ पालिका वडा नं. २ मा पर्दछ । यस गाउँपालिका अन्तर्गत ६ वटा वडाहरु छन् । जस मध्ये सविकका गा.वि.स.पौडेश्वर (१ देखी ८) वडा न.१ , देउरीपरवाहा (१देखी ९) र पौडेश्वर (९) वडा वडा न. २, औरही (५देखी९ सम्म) वडा नं. ३, औरही (१देखि ४ सम्म) वडा नं. ४, चक्कर (५,७,८,९) वडा नं. ५ र चक्कर (१,२,३,४,६) वडा नं. ६ पर्दछ । यस गाउँपालिकाको उतरमा हंस्पुरकठपुल्ला न.पा., दक्षिणमा धनौजी गा.पा., र पूर्वमा विदेह न.पा. छ भने पश्चिममा जनकपुर उप महा नगरपालिकाको सिमाना पर्दछ ।यस गाँउपालिकाको सम्पूर्ण भू–भाग समतल नै भएको देखिन्छ । त्रेतायुगबाट नै आइरहेको जनकपुरलाई केन्द्र मानेर जनकपुर देखि १५ किमि को अर्धव्यास बनाएर १५ दिनको यात्रा गरिन्छ । यसलाई परिक्रमा भनेर चिनिन्छ । यो परिक्रमा पञ्चकोशी परिक्रमाको रुपमा पनि प्रख्यात छ । परिक्रमा धनुषाको काचुरी स्थित मिथिला विहारीबाट शुरु हुन्छ । यस परिक्रमा मेलामा नेपाल र भारत बाट आएका लाखैैँ मानिसहरुको सहभागिता रहन्छ र यो परिक्रमा यात्रा जनकपुरको हनुमान नगर, हुदै कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुव कुण्ड, कञ्चन बन, क्षिरेश्वर स्थान, पर्वता, धनुषाधाम, सतोषर, औरही हरुशाहा, भारतको करुणा, विसौल हुँदै फेरी कल्याणेश्वरमा आइपुग्दछ । यसरी परिक्रमा गर्दा हरेक स्थानमा एक रात विताउँदै गरिन्छ । त्यस १५ दिने परिक्रमामध्ये औरही हरुशाहामा आइपुग्दा त्यहा एकादशी पर्व पर्ने भएको हुदा १५ दिन मध्ये उक्त दिनलाई महत्वपूर्ण दिनको रुपमा लिइन्छ ।रात विताएको ठाउँमा थुप्रै कार्यक्रमहरु तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिन्छ । यो यात्रा १४ र्औँ दिनमा जनकपुरधाम आइपुग्दछ । जनकपुरमा फाल्गुण पुर्णिमाको दिन गृह परिक्रमा सम्पन्न गरिन्छ ।त्रेतायुगमा औरब ऋषि नामको तपस्बी तपस्या गर्नको लागि आएका थिए उक्त ठाउँमा तपस्या गर्नको लागि बस्दा खेरी आन्धी बेरी, हवाहुरी आएका थिए तर तपस्वी बसेको ठाउँमा उक्त हावा हुरी तथा आन्धी बेरीको कुनै असर नपरेको हुनाले उक्त ठाउँको नाम औरब ऋषिको नामबाट औरब र तपस्वी उक्त ठाउँमा तपस्या गरी रहदा रही कृतज्ञ भइै उक्त ठाउँको नाम औरही हुन गएको हो भने आमनागरिकको धारण छ । त्यसैको आधारमानी यस गाउँपालिकाको नाम पनि औरही गाउँपालिका हुन गएको हो ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.