Baganaskali Rural Municipality Home / Directory
Baganaskali Rural Municipality
Chirtungdhara, Baganaskali RM, Palpa, Lumbini
Government
Address Chirtungdhara, Baganaskali RM, Palpa, Lumbini
Social Media

पाल्पा जिल्लाका दश वटा स्थानीय तहहरूमध्ये एक सदरमूकाम तानसेनदेखि ७ किलोमिटर उत्तरपूर्वमा गाउँपालिकाको केन्द्र अवस्थित छ ।

साविकका नौ वटा गा.वि.स.हरू यस गाउँपालिकामा समेटिएर हाल नौ वटा वडा कायम भएका छन् भने केन्द्र चिर्तुङ्गधारामा रहेके छ ।

गाउँपालिकाको नामकरण बगनास पर्वत, बगनासथोक, बगनासदेवी, बगनासे चापी तथा पवित्र कालीगण्डकीको संयोजनबाट भएको हो ।

यस गाउँपालिका क्षेत्रमा विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिहरुको समिश्रण रहेको छ ।

आर्थिक समृद्दिका लागि कृषि र धार्मिक पर्यटनका क्षेत्रमा परिवर्तनको प्रसस्त सम्भावना बोकेको छ ।

सिमानामा पूर्वः रम्भा गाउँपालिका¸ पश्चिमः तानसेन नगरपालिका¸ उत्तरः कालीगण्डकी नदी तथा दक्षिणः माथागढी गाउँपालिका पर्दछन् ।

 

जनसंख्याः २१,३६१ जना (जनगणना २०६८)¸ २८¸८४९ जना (वास गणना २०७६)¸  क्षेत्रफलः ८४.१६ ब.कि.मि.¸ खेतीयोग्य जमिनः ४५%¸ घरपरिवारः ५,२५२¸ सामुदायिक विध्यालयः ३० वटा (आधारभूत २० र माध्यमिक १०)¸ संस्थागत विध्यालयः ७ वटा¸ स्वास्थ्य संस्थाः ११ वटा¸ वडा कार्यालयः ९ वटा¸ कृषि सेवा केन्द्रः २ वटा¸ पशु सेवा केन्द्रः २ वटा रहेका छन् ।  राष्ट्रिय जनगणना, २०७८ अनुसार बगनासकाली गाउँपालिकाको जनसंख्या १८,४९७  रहेको थियो जस मध्ये पुरुष ८३९७  जना र महिला १०,१०० जना रहेका छन् ।

 

धार्मिक¸ ऐतिहासिक¸ पर्यटकीय तथा महत्त्वपूर्ण स्थल- बगनास देविस्थान¸ दर्लम महाकाली¸ महामृत्युन्जय शिवासन¸ सिद्द गुफा मन्दिर¸ रामनदी (राम्दी) धाम¸ मालारानी¸ रानीमहल क्षेत्र¸ ऋषिकेषेश्वर मन्दिर¸ बौद्द गुम्वा¸ माडी फाँट¸ सिद्दबाबा मन्दिर¸ भगवती मन्दिर¸ शिवालय मन्दिर¸ कालिका मन्दिर¸ चेचीकोट मन्दिर¸ आर्यभञ्ज्याङ्ग¸ चिलाङ्दी भञ्ज्याङ्ग¸ झिरभञ्ज्याङ्ग¸ तिनछाँगा¸ चमेरे गुफा¸ गुडुवाखोला आदि रहेका छन् ।

बगनासकाली गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.