Baglung Municipality Home / Directory
Baglung Municipality
Baglung MUN, Baglung, Gandaki
Government
Address Baglung MUN, Baglung, Gandaki
Fax 068-520131
Phone 2 068-520309, 522953

बागलुङ जिल्लाको पूर्वि क्षेत्रबाट वग्ने पवित्र कालीगण्डकी नदीको तटवर्ति ईलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गा.वि.स.लाई समायोजन गरी २०५३ साल माघ १८ गते तत्कालिन नेपाल सरकारबाट बागलुङ नगरपालिकाको घोषणा भै २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनबाट यसको गठन भएको हो । स्थापना कालमा १९.२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको र ११ वटा वडामा विभाजन भएको यस नगरपालिका राज्यको पुर्नसंरचना पश्चात नेपाल सरकारको २०७३/११/२७ को निर्णय अनुसार छिमेकमा रहेका मालिका, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैंयुपाटा, नारायणस्थान गाविसको पुरै भाग र सिगाना गाविसको वडा नं. ६ बाहेकको भाग तथा पाला गाविसको वडा नं. ६, ७, ८ र ९ समावेश गरी १४ वटा वडा सहितको हालको नगरपालिका घोषणा गरिएको हो ।

 

यस नगरपालिकाका वडा नं. १, २, ३ र ४ मुख्य बजार क्षेत्रमा रहेका छन् भने धौलागिरीको एकमात्र वलेवा हवाई मैदानसंगसंगै रहेको वडा नं. १४ (साविकको नारायणस्थान गाविस) शहरी विकासका लागि पर्याप्त सम्भावना बोकेको क्षेत्र हो । बागलुङ नगर गण्डकी प्रदेशको दोस्रो ठूलो शहरी क्षेत्रको रुपमा रहेको छ । यो नगर भौगोलिक दृष्टिकोणले झण्डै झण्डै मध्य नेपालमा पर्ने पहाडी जिल्ला बागलुङको पूर्वी इलाकामा अवस्थित छ । कालीगण्डकीको तटवर्ती इलाकामा धौलागिरी हिमालको छविछाँयामा २८ डिग्री १६ मिनेट देखि २८ डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ३५ मिनेट देखि ८३ डिग्री ५८ मिनेट पूर्वी देशान्तरमा ९८ दशमलव ०१  वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । २०७८ को जनगणना अनुसार यस नगरपालिकामा १२९२४ घर संख्या, १५९२४ परिवार संख्या रहेका छन भने पूरुष २६०८० र महिला ३००२२ गरी जम्मा ५६१०२ जनसंख्या रहेको तथ्याङ्कमा देखिएको छ ।

 

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित यस नगरको वडा नं. १ मा अवस्थित प्रसिद्ध कालिका भगवती मन्दीर वडा नं. ६ मा अवस्थित पञ्चकोट, वडा नं. ४ मा रहेको सालिकग्राम संग्रालय, वडा नं. १२ मा रहेको भैरवस्थान लगाएतका मठ मन्दीर लाखौ श्रद्धाजु भक्तजनहरुको आस्थाको केन्द्र रहदै आएका छन । यसैगरी बागलुङ नगरपालिका वडा नं. १ र कुश्मा नगरपालिका वडा नं. १ जोडने एसियाको सवैभन्दा लामो झोलुङ्गे पुल (लम्वाई ५६७ मि.), बागलुङ नगरपालिका वडा नं. १४ र कुश्मा नगरपालिका जोडने पन्जी पुल, वन्जी जम्प, स्काई साईक्लिनिङ, वराह ताल, कोटघरहरु यस क्षेत्रका मुख्य पर्यटकीय गन्तव्य रहेका छन ।

बाग्लुङ नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.