Bagmati Rural Municipality Home / Directory
Bagmati Rural Municipality
Jhurjhure, Bagmati RM, Makwanpur, Bagmati
Government
Address Jhurjhure, Bagmati RM, Makwanpur, Bagmati

संघीय गणतन्त्र नेपालको ७ वटा प्रदेश मध्ये साविकको प्रदेश नं ३, हालको बागमति प्रदेश अन्तर्गत मकमानपुर जिल्लामा रहेका १० स्थानीय तहहरू मध्ये सिन्धुली र मकवानपुर जिल्लाको सीमा नदी बागमतिको पश्चिम किनारामा बागमति गाउँपालिका रहेको छ ।  बागमति प्रदेशको राजधानी हेटौडाबाट सिन्धुली-उदयपुर-चतरा हुदै धरान जोडने निर्माणाधीन बैकल्पिक राजमार्गको मकवानपुर जिल्लाको अन्तिम पूर्वी विन्दुमा यो गाउँपालिका  पर्दछ । हेटौडा बजारबाट यो गाउपालिका करीव ५० कि.मी. को दुरीमा रहेको छ ।

 

नेपाल सरकारको मिती २०७३ फागुन २७ गतेको निर्णयबाट स्थानीय तह पुन:संरचना गरीदा  साविक स्थानीय निकाय तर्फका ३ गा.वि.स.हरू (राईगाउँ, फापरबारी र बेतिनी) मिलाएर नया नामाकरण सहित गठन भएको बागमति गा.पा.को बर्तमान क्षेत्रफल ३११.७९ वर्ग किलोमिटर  रहेको छ । जम्मा ९ बटा वडामा विभाजित यो गाउँपालिकाको पूर्वमा सिन्धुली जिल्ला, उत्तरमा ललितपुर र काभेपलान्चोक जिल्ला, दक्षिणमा प्रदेश २ को रौतहट जिल्ला र पश्चिक तर्फ मकवानपुर जिल्ला कै बकैया गाउँपालिका अवस्थित छ । वि. सं. २०६८ को राष्ट्रीय जनगणना अनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या  ३०४२५  र घरधुरी ६४६०  रहेको छ । विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति मान्ने समुदायको बसोबास रहेको यो गाउँपालिका विविधता र सामाजिक सदभावको दृष्टिले नमूना मान्न् सकिन्छ।

 

पेशागत रूपमा यहाँका अधिकांश परिवारको जीविकोपार्जनको आधार कृषि र पशुपालन हो । यहाँ कुनै रोजगारीमूलक उद्योग तथा व्यवसाय नरहेकोले धेरै युवाहरू कृषि कार्य वाहेकको समयमा हेटौडा र काठमाण्डौँ तर्फ रोजगारीको लागि जाने गरेका छन । गाउपालिकामा विभिन्‍न किसिमका के कस्ता कति जनशक्ति बेरोजगार छन सो को लगत संकलन भई रहेकोले यस सम्वन्धि यथार्थ विवरण केही समय पछि प्रकाशित हुनेछ ।

 

बाग्मती गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.