Bagmati Rural Municipality Home / Directory
Bagmati Rural Municipality
Bhattedanda
Government
Office Info
Address Bhattedanda
Email 2 ito.bagmatimun@gmail.com

मिति २०७३ फाल्गुन २२  ललितपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश सभा ख अन्तर्गतका साविक सातवटा गा.वि.स.हरु क्रमस घुसेल्, माल्टा, भट्टेडाँडा, प्युटार्, इकुडोल्, आश्राङ, गिम्दी (हाल क्रमस वागमती गाउँपालिका वडा नं १,२,३,४,५,६,७) मिलाएर वागमती गाउँपालिका घोषणा भएको थियो । १११.४९ कि.मि. स्क्वायर कुल क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा महाङ्काल गाउँपालिका, पश्चिममा काठमाडौं जिल्ला, उत्तरमा गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका, दक्षिणमा मकवानपुर जिल्ला रहेका छन् । वि स २०७८ को जनगणना अनुसार ११,३५३ जनसंख्या रहेको यो गाउँपालिकको जनघनत्व १०२  व्यक्ती प्रती कि.मि. स्क्वायर रहेको छ । हिन्दू र बुद्ध धर्मको बहुल्यता रहेको यस गाउँपलिकामा विभिन्न जातजातीहरुको  बसोबास रहेको छ । ब्राम्हण (पहाडी) जाति, तामाङ, क्षेत्री लगायत मगर, दमाइ, कामि, घले, ब्रह्मु लगायत जातीहरु रहेका छन् । यहाँ नेपाली भाषा पछाडी बोलिने अन्य भाषाहरुमा तामाङ र मगर नै हुन् । दशै, तिहार, कृष्णजन्माष्टमी तीज्, बुद्ध पुर्णिमा, लोसार यहाँका प्रमुख चाडपर्व हुन् । औषत पारिवारिक आम्दानीमा कृषि  र गाइवस्तु पालन व्यवसायले सबैभन्दा ठूलो हिस्सा ओगटेको यहाँ माल्टा फाँट, भट्टेडाँडाको राडर क्षेत्र, सिद्देस्वोर महादेव, महाङकालस्थान मन्दिर्, इकुडोलको माझखण्ड बुद्ध बिहार्, आश्राङको घ्याम्पे दह्, गिम्दीको चमेरो गुफा जस्ता पर्यटकिय सम्भावना बोकेका ठाउँहरुलाई प्रचार प्रसार गर्न सकेमा वागमती गाउँपालिका हुँदै काठमाडौं र हेट्टौडा जोड्ने छोटो दुरिको कान्ती लोकपथमा हिंड्ने मानिसहरुको प्रमुख पर्यटकिय गन्तव्यस्थल बिकास हुनेछ र पर्यटकिय व्यवसाय पनि आयआर्जनको प्रमुख स्रोत हुनसक्नेछ जसले गर्दा हाल उत्पादन भई आयात हुने दुध्, धान, गहुँ, मकै, भटमास, तोरि, फापर्, कोदो, दाल्, केराउ, सिमि, बोडि, फर्सि, काक्रोँ, कुखुराहरुले स्थानिय तहमानै उचित बजार मुल्य  पाउनेछन् । शिक्षा नै समाजको चेतना बिकास गर्ने आधार भएकोले यस गाउँपलिका भरी आधारभुत एवम् मध्यामिक गरी कुल ४९ वटा विद्यालयहरु सन्चालन भइरहेका छन् । स्वास्थ्य समस्याहरुलाई समाधान एवम् रोकथामका लागि प्रत्यक वडाहरुमा प्राथमिक स्वास्थ्य चौकीहरु रहेका छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.