Baiteshwor Rural Municipality Home / Directory
Baiteshwor Rural Municipality
Pandudada, Baiteshwor RM, Dolakha, Bagmati
Government
Address Pandudada, Baiteshwor RM, Dolakha, Bagmati

वैतेश्वर गाउँपालिका नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम स्थापना भएको दोलखा जिल्लामा अवस्थित एक गाउँपालिका हो । समुन्द्र सतहदेखि करिब ८८६ मि. देखि ३०४७ मि. सम्मको उचाईमा रहेको यस गाउँपालिकाको क्षेत्रफल ८०.४१ वर्ग कि.मि रहेको छ भने वि.सं. २०६८ सालको जनगणना अनुसार १९८७६ जनसंख्या थियो भने २०७८ सालको जनगणना अनुसार जम्मा १७८९६ जनसंख्या रहेको छ । साविकका क्षत्रपा, नाम्दु, काबे्र, गैरीमुदी, मीर्गे गा.वि.स मिलेर यो गाउँपालिका ८ वडामा विभक्त छ । वडा नं. ६ को पाडुडाँडामा गाउँपालिकाकाे स्थायी केन्द्र रहेकाे छ र साेही स्थानमा पक्की भवन निर्माण गरी कार्यालय संचालन तथा सेवा प्रवाह गर्दै आएकाे छ ।


तामाङ, क्षेत्री, बाम्ह्रण, जिरेल, थामि लगायतको जातजातिको बाहुल्यता रहेको यस गाउँपालिकाको प्रमुख व्यापारिक नाका तथा बजारहरुमा मैनापोखरी, खाँवा, तामाकोशी, नाम्दु, लहरेमाने, पुतलीकाठ, क्षत्रपा आदि पर्दछन । पूर्वमा जिरी नगरपालिका, पश्चिममा भिमेश्वर नगरपालिका, उत्तरमा गैरीशंकर गाउँपालिका तथा कालिञ्चोक गाउँपालिका र दक्षिणमा तामाकोशी गाउँपालिका रहेको यो गाउँपालिका जिरी जाने प्रमुख नाकाको रुपमा रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.