मिति:- २०७३/१०/२२ मा माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन समेतको आधारमा नेपाल सरकार ( मन्त्रिपरिषद) को मिति २०७३/११/२२ को निर्णयानुसार नेपालभर ७४४ वटा गाउँपालिका तथा नगरपालिकाको नाम,संख्या,सीमाना तथा वडाको सीमाना कायम गरी सो को सूचना २०७३ साल फागुन २७ गतेको नेपाल राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याईएकोमा नेपाल सरकारको मिति २०७४/०१/२९ गतेको निर्णयानुसार तत्कालीन माननीय उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा पुर्नगठित समितिले मिति २०७४/०२/०८ मा पेश गरेको प्रतिवेदनका आधारमा नेपाल सरकारबाट मिति २०७४/०२/०८ मा नेपालका विभिन्न जिल्लामा रहेको गाउँपालिका तथा नगरपालिकाको संख्या थप,हेरफेर र स्तारोनती गरी नेपालभर ७५३ गाउँपालिका तथा नगरपालिका कायम गर्दा सप्तरी जिल्लामा १ वटा बलान बिहुल गाउँपालिका थप भएर आएको हो | यो गाउँपालिकाको जम्मा जनसंख्या २३५२७(वि.स.२०७८ सालको जनगणा अनुसार ) ,क्षेत्रफल ३३.०४ वर्ग कि.मी. र साविक ५ वटा गाविसहरु(मल्हनियाँ,बेल्ही,मौवाहा,रामनगर र रौतहट) समटेर बनेको छ | सप्तरी जिल्लाको पश्चिम दक्षिणमा अवस्थित यस गाउँपालिकाको पूर्वमा बोदे - बरसाईन नगरपालिका, पश्चिममा सिरहा जिल्ला, उतरमा सुरुंगा नगरपालिका र दक्षिणमा भारत पर्दछन | यस गाउँपालिका अन्तर्गत १६ वटा विद्यालय, ५ वटा स्वास्थ्य चौकी, १ वटा बैंक( लक्ष्मी बैंक लि.), २ वटा सस्त्र क्याम्प, ३ वटा नेपाल प्रहरी चौकी रहेका छन | यस पालिकाको मुख्य धार्मिक स्थलमा लक्ष्मी नारायण मन्दिर मौवाहा, बडकी पोखरी रौतहट, विष्णु मन्दिर रामनगर, दुर्गा मन्दिर चन्ही लगायतका विभिन्न मन्दिरहरु प्रख्यात छन |
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.