Balara Municipality Home / Directory
Balara Municipality
Balara MUN, Sarlahi, Madhesh
Government
Address Balara MUN, Sarlahi, Madhesh
Phone
Not available
Website balramun.gov.np

मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको दक्षिण पश्चिम कुनामा स्थित बलरा नगरपालिका पुर्णतः ग्रामीण क्षेत्र हो । लगभग ४८.५५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगरपालिका पश्चिममा प्रसिद् नदी बागमती र मनुसमारा तथा रौतहट जिलाको सिमानास‌ग जोडिएको छ भने पूर्वमा सर्लाही जिल्लाकै गोडैता नगरपालिका, उत्तरमा रामनगर गाँउपालिका र दक्षिणमा नेपाल भारतको अन्तराष्ट्रिय सिमाना रहेको छ । जिल्ला सदरमुकाम मलंगवाबाट लगभग २० कि.मि. दक्षिण पश्चिममा रहेको यस नगरपालिकाको २०७८ को जनगणनाको आधारमा कुल जनसंख्या ४७९१२ रहेकोछ जस मध्ये २४७७१ पुरुष तथा २३१४१ महिलाको रहेकोछ । पुरुष ५१.७ प्रतिशत र महिला ४८.३ प्रतिशत छन । परिवार संख्या ८६२२ रहेको एवं वार्षिक जनसंख्या वृद्धि ०.५६ छ भन्ने जनधनत्व ९८६.९ वर्ग कि.मि.रहेकोछ । यस नगरपालिकाका साक्षरता प्रतिशत ५४.५ रहेकोमा पुरुष साक्षरता ६२.२ प्रतिशत तथा महिला साक्षरता ४६.२ प्रतिशत रहेकोछ । बलरा नगरपालिकाको अक्षांश २६.७७२११‌”  वा २६ ४६ २०”  उत्तर र देशान्तर ८५.३७४०७” वा ८५ २२ २७ ” पुर्व र यसको सतह समुन्द्रको सतह देखि ७७ मीटर माथि रहेकोछ । बलरा नगरपालिकाको बडानुसार नक्सा निम्नानुसारको छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.