वनगाड कुपिण्डे नगरपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाको वश्चिम उत्तरतर्फ महाभारत पर्वत श्रृंखलाको मध्यभागमा अवस्थित छ । पूर्वमा कुमाख तथा सिद्धकुमाख गाँउपालिका पश्चिममा सुर्खेत जिल्ला, उत्तरमा जाजरकोट जिल्ला र दक्षिणमा शारदा नगरपालिका तथा कालिमाटी गाँउपालिका छन्। विश्व मानचित्रमा यसको अवस्थिति २८० २०' ०'' उत्तरी आक्षांशदेखि २०० ४०' ०'' उत्तरी आक्षांश र ८१० ५८' ०'' पूर्वी देशान्तर देखि ८२० ८' ३०'' पूर्वी देशान्तर सम्म छ। करीव ३३८.२१ व.कि.मी. क्षेत्रफल रहेको यस नगरपालिका समुन्द्र सतहबाट ५५० मिटर देखि २३०० मिटर सम्मको उचाईमा रहेको छ। प्राकृति सम्पदा साँस्कृति विविधता भएको यस नगरपालिकामा अवस्थित कुपिण्डे दह मुख्य पर्यटकीय महत्वको स्थल हो । यस नगरपालिका नेपाल सरकारद्बारा गाँउपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदनअनुसार २०७३ फाल्गुन २७ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार घोषणा गरियको हो । साविकका ७ गा.वि.स. हरु देवस्थल, बामे, मुलखोला, घाँजरी पिपल, कुपिण्डेदह, माँझकाडा र निगालचुलालाई मिलाएर स्थापना गरिएको यस नगरपालिकामा १२ वडा रहेका छन् । साविक देवस्थल, बामे, घाँजरी पिपल, मुलखोला गा.वि.स. मा प्रचलित वनगाडी सँस्कृति र सल्यान जिल्लालाई नै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन सफल कुपिण्डेदहको संयोजनबाट वनगाड कुपिण्डे नगरपालिका नामकरण गरिएको हो। साविकका गा.वि.स. अनुसार नगरपालिकाको वडा विभाजन तलको तालिकामा प्रस्तुत गरिएको छ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.