Banganga Municipality Home / Directory
Banganga Municipality
Ward 04
Government
Office Info
Address Ward 04
Fax 076-550383
Email 2 bangangamun@gmail.com

बाणगङ्गा नगरपालिका ऐतिहासिक, धार्मिक, पर्यटकिय र व्यापारिक दृष्टिकोणले सामरिक महत्व बोकेको नगरपालिका हो । बाणगङ्गा नगरपालिका विश्वमान चित्रमा २७ डिग्री  ३५ मिनेट उत्तरी अक्षाश देखि २७ डिग्री ४८ मिनेट उत्तरी अक्षाश र ८३ डिग्री ०३ मिनेट पुर्वी देशान्तर देखि ८३ डिग्री १४ मिनेट पुर्वी देशान्तरको बिचमा अवस्थित रहेको छ ।

 

कपिलवस्तु जिल्लाका साविक गा.वि.स हरु बाणगङ्गा, हथौसा, पटना, गजेहडा ,कोपवा, मोतिपुर र भलवाडलाई मिलाई नेपाल सरकारले २०७१/८/१६ मन्त्री परिषदको निर्णय बमोजिम बाणगङ्गा नगरपालिका घोषणा गरेको छ । मुख्यत बाणगङ्गा नदिको सिचित क्षेत्र भएकै कारण यस नगरपालिकाको नामाकरण बाणगङ्गा नगरपालिका हुन पनि स्वाभाविक र न्यायोचित देखिन्छ । प्राचिन भागिरथी नदिको प्रतिक मानिएको यो बाणगङ्गा नदिको ऐतिहासिक , धार्मिक तथा पर्यटकिय महत्व रहेको छ । भगवान रामचन्द्रले बनवासमा रहँदा पानीको समस्यादेखि बाण प्रहार गरि पानीको मुल फुटेर ग‌ंगाको रुपमा परिणत भई बाणगङ्गा नदिको नामाकरण भएको बुझिन्छ। बाणगङ्गा नगरपालिका एक पावन भूमि जहाँ शाक्य दर्शनका प्रणेता महर्षी कपिलमुनिको तपोभूमि, श्रृङ्गिघाट ,मधुवनधाम, लक्ष्मणघाट, वर्गद्धीघाट आदि पवित्र तिर्थस्थलको सँगम रहेको यो नदि र यसको नामबाट पुकारिने यस नगरपालिकाको महत्व पनि ऐतिहासिक हुने कुरामा विश्वस्त हुन सकिन्छ ।

 

यस नगरपालिकाको पूर्व तर्फ कोठीनदि सालझण्डी जंगल रुपन्देहीको रुद्रपुर गा.वि.स पश्चिममा बुद्धभूमि नगरपालिकाको कोइली नदि गोरुसिङ्गेको जंगल उत्तरमा अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका र दक्षिणमा कपिलवस्तु नगरपालिकाको निग्लीहवा, जहदी र मायादेवी गाँउपालिकाको पतरिया रहेको छ । बाणगंगा नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि उत्तर तर्फ १५ कि.मी को दुरीमा अवस्थित रहेको छ। जनगणना २०७८ अनुसार   २३३२५ घरधुरी रहेको बाणगङ्गा नगरपालिकाको कुल जनसंख्या ९६७१४ रहेको छ। जसमा महिला ५१३०७ र पुरुष जनसंख्या ४५४०७ छ । यस नगरपालिका भित्र बसोबास गर्ने जातजातिमा थारु ब्राह्मण ,क्षेत्री ,गुरुङ्ग, मगर ,दलित, यादव र मुसलवान लगायतका जातजाति रहेका छन । मिश्रीत जातजातिको बसोबास रहेको यस बाणगङ्गा नगरपालिकामा बसोबास गर्ने मानिसहरुको मुख्य पेशा कृषि व्यापार उद्योग नोकरी तथा ज्यालादारी आदि रहेको छ। यहाँ मुख्य गरी धान, मकै, गहुँ, तोरी, माछापालन, कुखुरा ,मौरी पालन अन्य पशुपालन लगायतका कृषि तथा पशुजन्य उत्पादनहरु बढी हुने गरेको छ। नगरपालिकाको शैक्षिक अवस्था हेर्दा अन्य नगरपालिकाको तुलनामा सन्तोषजनक देखिन्छ ।

 

सरकारी तथा नीजि क्षेत्रबाट संचालन भएका शैक्षिक संस्थाहरुको संख्या ८३ पुगेको छ । जसमा ४९ वटा सरकारी (सामुदायिक विद्यालय र धार्मिक विद्यालय ५ सहित) विद्यालय छन ८ वटा समुदायमा द्वारा संचालित वाल विकास केन्द्र र भने निजी २६ वटा विद्यालयहरु रहेका छन् । जिल्लामै बालमैत्री नमुना विद्यालयको रुपमा पञ्च आधारभुत विद्यालय बैजलपुर, बाणगङ्गा २ स्थापित हुन सफल भएको छ भने सोही विद्यालयले राष्ट्रिय सरसफाई पुरस्कार समेत प्राप्त गरेको छ । त्यस्तै धार्मिक रुपले संचालन भएको मनकामना संस्कृत विद्यापिठसँगै गुरुकुल शिक्षा तथा मदरसाहरुले समेत धार्मिक शिक्षाको रुपमा योगदान गरिरहेको देखिन्छ । यस नगरपालिकाको कुल जनसंख्याको साक्षरता ८१.४% रहेको छ । जुन जिल्लाको औसत साक्षरता प्रतिशत ७०.६९ मात्र रहेको छ । यसको तुलनामा जिल्लामा बाणगङ्गा नगरपालिकाको साक्षरता प्रतिशत दर उच्च रहेको देखिन्छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.