बाँफिकोट गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पश्चिम) जिल्लामा पर्ने एक स्थानीय तह हो । गाउँपालिकाको कुल क्षेत्रफल १९०.४३ वर्ग किलोमिटर छ । नेपालको नयाँ संविधान, २०७२ बमोजिम यसअघिका ५ गाविस गाभिएर बाँफिकोट गाउँपालिका स्थापना भएको थियो । बाँफिकोट, पिपल, झुला, दुली (वार्ड नं ४, ५ र ६), मग्मा (वार्ड नं १-६ र ९) गाउँपालिकालाई कुल १० वडामा विभाजन गरिएको छ र सदरमुकाम बाँफिकोटमा अवस्थित छ ।बाँफिकोट गाउँपालिका पूर्वमा सिस्ने गाउँपालिका (रुकुम पूर्व जिल्ला), दक्षिणमा मुसिकोट नगरपालिका, पश्चिममा सानीभेरी गाउँपालिका र उत्तरमा आठबिसकोट नगरपालिका पर्दछ।यस गाउँपालिकामा १० वटा वडा रहेका छन् । बाँफिकोट गाउँपालिका वडा नं. ४ स्थित बाँफिकोट गाउँपालिकाको केन्द्रमा अवस्थित रहेको छ । सानीभेरी नदीको किनारामा अवस्थित छिनखेत बजार यस बाँफिकोट गाउँपालिका व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो । यस बाँफिकोट गाउँपालिकाको मुख्य पर्यटकिय स्थल स्यार्पु ताल रहेको छ । बि.स. २०७८ सालको जनगणना अनुसार बाँफिकोट गाउँपालिकाको कुल जनसंङ्ख्या २०९४० रहेको छ । जसमध्ये महिलाको संख्या १०८५५ र पुरुषको संख्या १००८५ रहेको छ। बाँफिकोट गाउँपालिकामा जम्मा घर संख्या ४३९८ रहेको छ भने परिवार संख्या ४८२७ रहेको छ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.