Barahapokhari Rural Municipality Home / Directory
Barahapokhari Rural Municipality
Baghkhor Bhanjyang, Barahapokhari RM, Khotang, Koshi
Government
Address Baghkhor Bhanjyang, Barahapokhari RM, Khotang, Koshi

वराहपोखरी गाउँपालिका खोटाङ जिल्ला सदरमुकाम दिक्तेलबाट दक्षिणी भेगमा करीव २१ कोष (६७.२ कि. मि.)को दूरीमा अवस्थित छ । प्रसिद्ध वराहपोखरीको नामले प्रख्यात यो गाउँपालिकाको केन्द्र वराहपोखरी तालबाट दझिणपट्टि १५ कि.मि.को दूरीमा रहेको बाघखोर भञ्ज्याङमा पर्दछ । साविकका गा.वि.स.हरु क्रमश: वराहपोखरी, सुन्तले, साउनेचउर, फाक्टाङ, पौवासेरा र मौवाबोटे गरी ६ वटा वडामा फैलिएको यस गाउँपालिकाको क्षेत्रफल १४१.६ वर्ग कि.मि. रहेको छ । यस गाउँपालिकाको पूर्वमा जन्तेढुङ्गा गाउँपालिका, उत्तरमा खोटेहाङ गाउँपालिका र पश्चिम-दक्षिणमा सुनकोशी नदिले उदयपुर जिल्लासँग छुट्ट्याएको छ । प्राय: जनजाति राई, मगर, क्षेत्री, ब्राह्मण, नेवार, तामाङ, भुजेल, वि.क., परियार, नेपाली लगायत अन्य जातजातीहरुको बसोबास रहेको यस गाउँपालिकाको वि.सं. २०७८ सालको जनगणना अनुसार ११,३९७ कूल जनसंख्यामध्ये ५,६७० (४९.७%) जना पुरुष र ५,७२७ (५०.३%) जना महिलाको जनसंख्या रहेको छ । यस गाउँपालिकाको साक्षरता दर ७१.९% (पु: ७९.२% र म: ६४.७%), जनघनत्व : ८१, जम्मा घरधुरी संख्या : २,५६८ तथा लैंगिक अनुपात :९९ पुरुष प्रति १०० महिला रहेको छ । खोटाङको दक्षिणी नाकाको रुपमा रहेको यस गाउँपालिका प्राकृतिक सम्पदाले धनी छ । विशेषगरी सुनापाताल डाँडा, घोप्टेथला, गोकुलथुम्का डाँडा, साउनेचउर फाँट, धाप्लाङघाट फाँट आदी यस गाउँपालिकाका धार्मिक एवं पर्यटकीय ठाउँहरु हुन् । यस गाउँपालिकाको दक्षिणमा वंशिलाघाट, चमेरेघाट, कम्पुघाट, धाप्लाङघाटले उदयपुरसँग व्यापार लगायत अन्य पक्षमा सघाउ पुर्याउँदै आएको छ । उल्लेखित व्यापारिक नाका तथा बजार केन्द्रले उदयपुरका बेल्टार, गाईघाट लगायत भित्री मधेश र तराईका बजारसँग सम्बन्ध गाँसेको छ ।

वराहपोखरी गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.