Barahatal Rural Municipality Home / Directory
Barahatal Rural Municipality
Kunathari
Government
Office Info
Address Kunathari
Email 2 ito.barahatalmun@gmail.com
Ambulance 9866897832

बराहताल सुर्खेत जिल्ला बराहताल गाउँपालिका वार्ड ४ तरंगा मा पर्दछ । सुर्खेत बिरेन्द्रनगर देखि ३० किलोमिटर दुरीको यात्रामा पुग्न सकिन्छ । यो नेपालको पछिल्लो बदलिदो संरचना अनुरुप प्रदेश न . ६ को केन्द्रमा पर्ने सुर्खेत जिल्ला राजनैतिक वा प्रशासनिक ढंगले ९ वडा स्थानीय निकायहरु ५ वटा नगरपालिका र ४ वटा गाउँपलिका हरुमा विभाजन गरियको छ । बराहताल गाउँपलिका जिल्लाको पशिम क्षेत्रको रमणीय स्थानमा अबस्थित प्राकृतिक तथा भौतिक, सास्किर्तिक श्रोत सम्पन्न गाउँपालिका हो । जिल्लाका ९ वटा स्थानीय निकायहरुमा क्षेत्रफलका हीसाबले सबैभन्दा ठुलाे ४५५.०९ वर्ग कि . मि . रहरेकाे छ ।

 

साबिकका वडा संख्या : ४५ 

हाल प्रस्ताब गरिईका वडा संख्या : १०

कुल जनसंख्या : २६,८०२

 

मुख्य गरि बनजंगल, बनपैदाबार र कृषि उत्पादनलाई मुख्य आम्दानीको श्रोत मानिने यस गाउँपालिकाको कुनाथारीलाई मुख्य केन्द्र बनाइ काठ र तरकारी निर्यातका लागि प्रसिद्ध मानिदै ।

 

सुर्खेत जिल्लाको सदरमुकाम बिरेन्द्रनगर देखि पश्चिम क्षेत्रमा अवस्थित साविकका हरिहरपुरतररङगाकुनाथरीपोखरीकाडा र लेकगाँउ गरी ५ वटा गा‍. वि.स. समावेश गरी बराहताल गाउँपालिका बनकाे छ । यस गाउँपालिकाकाे अक्षाश‌ २८ डिग्री ३०'५४ '' देखि २८ डिग्री ४४'१२'' उत्तर सम्म र देशान्तर ८१ डिग्री १८' ४३'' पूर्व देखि ८१ डिग्री ३७'०४'' पू्र्व सम्म फैलिएकाे छ । वि.स.२०६८ सालकाे जनगणना अनुसार यस गाउँपालिका काे कुल जनसँख्या २६८०२ तथा घरधुरी ५४४८ रहेकाे छ । जसमा पुरुष जनसँख्या १३२०५ र महिला जनसँख्या १३५९७ रहेकाे छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.