नेपालको सुदूर पश्चिचम प्रदेश अन्तरगत महाकाली अञ्चल, कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित भिमदत्त नगरपालिकाको पूर्वी सिमाना संग जोडिएको सुडा गा.वि.स. र दैजी गा.वि.स.को कुल क्षेत्र भित्र पर्ने सम्पूर्ण क्षेत्र प्रस्तावित बेदकोट नगरपालिका हो । कञ्चनपुर जिल्लाको सदरमुकाम देखि ३ कि.मि.१३ कि.मि. पूर्व सम्म रहेको र महेन्द्र राजमार्ग तथा जोगबुढा डडेल्धुरा सडक समेत रहेको नगर उन्मुख क्षेत्रको रुपमा विकासशिल क्षेत्र हो । यस नगरपालिकाको सिमाना अन्तरगत पूर्व तर्फ शुक्लाफाटा वन्यजन्तु आरक्ष अर्जुनी पोष्ट(झलारी पिपलाडी न.पा.), पश्चिम तर्फ भिमदत्त नगरपालिका, उत्तर तर्फ चुरे श्रृंखला (डडेल्धुरा जिल्ला) तथा दक्षिण तर्फ शुक्लाफांटा आरक्ष रहेको छ भने यसको कुल क्षेत्रफल सुडा गा.वि.स.को ५८.५ वर्ग कि.मि.तथा दैजी गा.वि.स.को १०० वर्ग कि.मि. गरी जम्मा १५८.५ वर्ग कि.मि. रहेको छ । यस नगरपालिका अन्तरगत २८.३२ मिनेट उत्तर देखी २९.०८ मिनेट उत्तरी अक्षांश र ८०.०३ मिनेट पश्चिम देखी ८०.३३ मिनेट पश्चिमी देशान्तर सम्म फैलिएको छ । यस न.पा. भित्र शैक्षिक विकास, खानेपानी, स्वास्थ्य, संचार, कृषि, यातायात तथा विधुतका साथै चार वटा कृषि सम्बन्धि क्षेत्रीय कार्यालय आदिको विकास भईरहेको र आैधोगिक क्षेत्रको समेत पहल भईरहेको छ । यस नगर पालिकाको उत्तरी भेकमा रहेको चुरे श्रृंखलाको मध्यमा रहेको विशाल, स्वच्छ एवं सुन्दर बेदकोट ताल, वण्ड ताल, सिद्ध सरोवर, बैद्यनाथ धाम, बृद्धाश्रम, शिवलिङ्गाकृती भम्केश्वर महादेव स्थान लगायतका सम्पदाहरुलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा व्यवस्थित गरिएमा विकासको मुख्य स्रोत बन्न सक्ने प्रवल सम्भावना रहेको र यस क्षेत्रमा रहेका हराभरा वन जंगलले प्रकृतिक सुन्दरता र वातावरणीय स्वच्छता दिनुका साथै वन पैदावारको सदुपयोगिता भएमा स्रोतको आधार बन्न सक्दछ । विविध धार्मिक, सांस्कृतिक, भेषभुसा रहेको यस न.पा.मा मिश्रित वस्तीहरु रहेको र राजमार्ग सहित मुख्य सडकहरु संगै बजार एवं घनावस्तीको विकासका संगसंगै ग्रामिणबाट नगर तर्फ उन्मुख भई व्यवस्थित शहरीकरण गर्न यस क्षेत्रको बृहत्तर हितका लागि नगरपालिका गठन समय सापेक्ष आवश्यक रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.