नेपालको सूदुर पश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा पर्ने बेलडाँडी गाउँपालिका नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार देशभरी गठन गरिएका ७५३ स्थानिय तहहरु मध्येको एउटा हो । कञ्चनपुर जिल्लाको दक्षिण भेगमा अवस्थित यो गाउंपालिका साविक रौतेली विचवा गा.वि.स.का ७ ८ र ९ वडाहरु,साविक बेलडाँडी गा.वि.स.का पुरै (१–९) वडाहरु समायोजन भइ गठन भएको एक गाउंपालिका हो । यस गाउंपालिकामा जम्मा ५ वटा वडाहरु रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २९ कि.मि टाढा दक्षिण तर्फ रहेको यस गाउंपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउंपलिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइसराइ गरी आएका विविध जातजाती,धर्म र वर्णका मानिसहरुको मिश्रित बसोवास रहेको छ । पहिले यो डाँडामा बेलका रुखहरुको जंगल रहेकोले सोहि जंगलको नामबाट यस गाउंपालिकाको नाम रहन गएको हो ।
यस गाउँपालिकाको कुल क्षेत्रफल ३६.५४ वर्ग कि मी रहेको छ । बेलडाँडी गाउँपालिका कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र न. १ मा पर्दछ तथा ईलाका न. २ मा पर्दछ । बेलडाँडी गाउँपालिका २८.४६ उत्तरी अक्षांस तथा ८०.१६ पूर्वी देशान्तरमा अवस्थित रहेको छ । समुन्द्र सतह देखि २८० मिटर देखि ५०० मिटर उचाईमा रहेको यस गाउँपालिकामा उपोष्ण हावापानी भएको पाइन्छ । यस गाउँपालिकाको उत्तर दिशामा शुक्लाफाँटा राष्ट्रिय निकुन्ज , पुर्वमा बेलौरी नगर पालिका र भारतको केहि भू-भाग , पूर्वमा बेलौरी नगरपालिका र पश्चिममा भारत को उत्तर प्रदेश को पिलिभित रहेको छ । बेलडाँडी गाउँपालिका अधिकांश समतल भू-भागले बनेको छ । यस गाउँपालिकाको जनघनत्व ८०४.४८ रहेको छ ।
क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुपः
कञ्चनपुर जिल्लाको दक्षिण भेगमा अवस्थित ३६.५४ वर्ग कि मी क्षेत्रफलमा फैलिएको बेलडाँडी गाउंपालिकाको भु–आकृति स्वरुप करिब सबै जसो समतल रहेको छ । यस गाउँपालिकाको उत्तर दिशामा शुक्लाफाँटा राष्ट्रिय निकुन्ज , पुर्वमा बेलौरी नगर पालिका र भारतको केहि भू-भाग , पश्चिममा भारत को उत्तर प्रदेश को पिलिभित रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.