धादिङ जिल्लाको दक्षिण पश्चिममा रहेका साविकका जोगिमारा¸ धुषा¸ वेनीघाट र महादेवस्थान गा.वि.स.हरु मिलेर वनेको वेनीघाट रोराङ गाउँपालिका उत्तरमा पृथ्वी राजमार्ग देखी दक्षिणमा महाभारत श्रृखला सम्म फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा गजुरी गा.पा. र मकवानपुर जिल्ला¸ पश्चिममा चितवन जिल्ला¸ उत्तरमा सिद्धलेक गा.पा.¸ गोरखा र चितवन जिल्ला तथा दक्षिणमा चितवन र मकवानपुर जिल्ला पर्दछन । कुल १० वटा वडामा विभाजित यस गा.पा. २०६.५२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । विभिन्न जात जाती¸ भाषा भाषी तथा धर्म सस्कृतिको फुलवारीको रुपमा रहेको यस गा.पा.मा २०७८ सालको जनगणना अनुसार ३३८५४ जनाको वसोवास रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.