Bhadrapur Municipality Home / Directory
Bhadrapur Municipality
Government
Office Info
Address Not available
1 {'name': 'Email 2', 'value': 'info@bhadrapurmun.gov.np '}
2 {'name': 'Fax', 'value': '023520781'}

ऐतिहासिक पृष्ठभूमीः

सन् १७७३ मा तत्कालिन राजा रण वहादुर शाहको शासनकालमा नेपालको सिमाना पश्चिम तर्फ कुमाउँ गढवाल र पूर्वतर्फ टिष्टासम्म पुगेको थियो । बिराटनगर र रंगेली बीच पर्ने धनपुर भन्ने स्थान र झापा बजारमा (साबिक कुमरखोद गा.वि.स) सन् १८१४ मा अंग्रेजहरुले आक्रमण गरी आफ्नो कब्जामा लियो र सन् १८१५ नोभेम्बर २८ मा सुगौली सन्धीमा हस्ताक्षर भयो । यसरी मेची नदी सदाको लागि पूर्वी अन्तराष्ट्रिय सिमाना हुन पुग्यो । तत्कालिन झापा जिल्ला मोरङ गोश्वारा अन्र्तगत पर्दथ्यो, पछि तत्कालिन कुमरखोद गाविस अन्तरगत रहेको झापा बजारमा मोरङ गोश्वारा सर्न आएको हुदाँ यस जिल्लाको नाम झापा रहन गयो । वि.सं. २००७ साल पछि गोश्वरा तत्कालिन चन्द्रगढी गा.वि.स.मा सर्न पुगी चन्द्रगढी सदरमुकाम कायम भयो । पछि चन्द्रगढी गा.वि.स.का केही भागहरु भद्रपुर नगरपालिकामा गाभेर भद्रपुर नै जिल्ला सदरमुकाम कायम गरिएको थियो । वि.सं. २००८ सालमा स्थापना भएको यो नगरपालिकामा वि.सं. २०३८/३९ सालमा चन्द्रगढी र महेशपुर गा.वि.स.का केही वडाहरुलाई एकीकृत गरी १५ वडामा विभाजन गरिएको थियो । वि.सं. २०७१ मा साबिक चन्द्रगढी र महेशपुर गा.वि.स.लाई भद्रपुर नगरपालिका गाभेर पुरै चन्द्रगढी भद्रपुर नगरपालिका बन्न गयो भने वि.सं. २०७३ को स्थानीय तहको पुर्नःसंरचना प्रक्रियामा साबिक भद्रपुर नगरपालिका र पृथ्वीनगर गा.वि.स मिलाएर १० वडामा विभाजन गरी भद्रपुर नगरपालिका बनेको हो ।

भद्रपुर नगरपालिका नेपालको पूर्वी तराई क्षेत्रमा पर्दछ र समुद्र सतहदेखि ६८ मिटर उचाईदेखि ११३ मिटरमा अवस्थित रहेको छ । भौगोलिक अवस्थितिका हिसाबले यो नगरपालिका २६°२५’२१’’ उत्तरदेखि २६°३७’००’’ उत्तरी अक्षांश र ८८°०६’४५’’ पूर्वदेखि ८८°०२’०९’’ पूर्वी देशान्तरमा फैलिएको छ । यस नगरपालिकाको पूर्वमा भारतको पश्चिम बगांल र बिहार प्रान्त, पश्चिममा बिर्तामोड नगरपालिका, हल्दीबारी गाउँपालिका, उत्तरमा मेचीनगर नगरपालिका र दक्षिणमा कचनकवल गाउँपालिका पर्दछ । मेची नदी र देउनिया खोलाको बेसिन क्षेत्रमा अवस्थित, मलिलो तथा सिंचित भूमि, तराइँको समथर भू–भाग तथा मेची राजमार्ग रहेको शहरी विस्तारका लागि समेत सम्भावना बोकेको शहर हो ।

‘पूर्वी क्षेत्रको व्यापारिक द्वार, समृद्धिसहितको भद्रपुर नगर’ — यो महान लक्ष्य र कार्यदिशाबाट प्रेरित भई आफ्नो काम, कर्तव्य र अधिकार समुचित उपयोग गर्दै अगाडि बढिरहेको भद्रपुर नगरपालिकाले अब्बल र नमूना नगरपालिका बन्ने प्रयास र प्रयत्न गर्दै आएको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि स्थानीय तहले भौतिक विकासमा निकै ठूलो फड्को मारिसकेका छन् भने शिक्षा, स्वास्थ्य, कृषि, मानव संसाधन विकासका लागि पनि फरक ढंगले कामहरु भइरहेका छन् । भद्रपुर नगरपालिका एउटा ऐतिहासिक र देशकै पुरानो नगरपालिका पनि हो । झापा जिल्लाको सदरमुकाम रहेको, सुविधासम्पन्न विमानस्थल रहेको, प्रदेश एकको प्रदेशस्तरीय अस्पताल रहेको, सबै सरकारी निकाय रहेको, प्रदेशस्तरीय प्रक्षिशण केन्द्र कलबलगुरी प्रशिक्षण केन्द्र रहेको भद्रपुर नगरपालिकाको अवस्थासँग सिंगो जिल्लाको अस्तित्व पनि गाँसिएकोले यसले सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्नुपर्ने चुनौति छ एकातिर भने अर्कोतिर आफूलाई उत्कृष्ट सावित गर्ने अवसर पनि छ । भनिन्छ — ‘असम्भव’ भन्ने कुरा कहीँ कतै हुँदैन । सामुहिक प्रयास र लगाव भयो भने भद्रपुरलाई एउटा विकसित र समृद्ध नगर बन्न केहीले रोक्न सक्ने छैन । यस्तोखाले अटल इच्छाशक्तिको छत्रछायाँमा आमनगरवासी गोलबद्ध हुन आवश्यक छ ।

तत्कालीन चन्द्रगढी, महेशपुर र पृथ्वीनगर गाविस समेटिएर बृहत नगरपालिका बनेपछि भद्रपुरको विकासका लागि संभावनाका द्वार पनि प्रशस्तै खुलेका छन् । पृथ्वीनगरमा रहेको द्वापरयुगीन् किच्चकबध होस् अथवा चन्द्रगढीस्थित ऐतिहासिक चन्द्रगढ, बहुजातीय धार्मिकस्थल कमलधाप होस् या मेची खोलापारिको नेपाली वस्ती नै किन नहोस्, पूरापूर्वकालदेखि बसोबास गर्दै आएका राजवंशी, माझी, गनगाई अनि लोपोन्मूख आदिवासी सन्थाल समुदाय र उनीहरुको संस्कृति पराम्परा नै किन नहोस् —यी सबै भद्रपुरको समृद्धिको आधारशीला हुन् । नगरपालिकाले यी आधारशीलाहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारका लागि थोरै लगानी र धेरै मेहनत गरे पुग्छ । भद्रपुरको पर्यटन विकासका लागि यी आधार पर्याप्त हुनेछन् ।

वर्तमान विश्वको परिदृश्य केही फरक छ । सन् २०१९ को अन्त्यतिर छिमेकी चीनको वुहानमा पहिलोपटक देखिएको प्राणघातक सरुवा रोग कोरोना भाइरसको कहरले विश्वलाई नराम्रोसँग हल्लाइदिएको छ । यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन । यसले देशको विकासको गतिलाई केही सुस्त बनाइदिएको छ, स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती थपिदिएको छ । यद्यपि, विश्व यस महामारीबाट पार पाउन उपायहरु खोरिजरहेको छ, कोरोनाको औषधि पत्ता लगाउन अनुसन्धानमा अहोरात्र लागिरहेको छ । आशा गरौं, कोरोनाकाल छिट्टै समाप्त हुनेछ र मानवजगतको कल्याण हुनेछ ।

 

सीमानाः

पूर्वः भारतको पश्चिम बगांल र बिहार प्रान्त

पश्चिमः बिर्तामोड नगरपालिका, हल्दीबारी गाउँपालिका

उत्तरः मेचीनगर नगरपालिका

दक्षिणः कचनकवल गाउँपालिका

क्षेत्रफल –९६.३५ वर्गकिलोमिटर

जनसंख्या –  पुरुष : ३३१७९     महिला : ३३९४६  जम्मा : ६७१२५

घरपरिवार संख्या–१४३६५

जनघनत्व –६९६.६८ जना प्रति वर्ग किलोमिटर

साक्षरता दर –    महिला :  ७४      पुरुष :  ८६       जम्मा : ८०

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.