Bheemdatta Municipality Home / Directory
Bheemdatta Municipality
Mahendranagar, Bheemdatta MUN, Kanchanpur, Sudurpashchim
Government
Address Mahendranagar, Bheemdatta MUN, Kanchanpur, Sudurpashchim
Email 2 bmuncipality@gmail.com

वि.सं. २०३४ सालमा भूजेला, सिद्धनाथ र आदर्श गाउँ पञ्चायतका सम्पुर्ण भू-भाग तथा सुडा र ऐरी गाउँ पञ्चायतको आंशिक भू-भाग मिलाई गठन भएको तत्कालीन महेन्द्रनगर पञ्चायत, वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार (शहिद भीमदत्त पन्तको सम्मान स्वरुप) भीमदत्त नगरपालिका नामाकरण गरियो । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा नेपाल सरकारले  वि.सं. २०७३ चैत्र देखि भीमदत्त नगरपालिकाका साविकका वडालाई कायम गरी स्थानीय सरकारको रुपमा कार्य गरिरहेको छ ।

 

सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा यो नगरपालिका अवस्थित छ । यस भीमदत्त नगरपालिकामा १९ वडा कायम रहेका छन् । वि.सं. २०७४ साल देखि यस नगरपालिकाले  सार्वजनिक सेवालाई जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यले सबै वडाहरुमा वडा कार्यालय स्थापना गरि प्रभावकारी रुपमा कार्य गरिरहेको छ ।

 

भीमदत्त नगरपालिका २८०५२' देखि २९००८' उत्तरी अक्षांश र ८०००६' देखि ८००१५.५' पूर्वी देशान्तर सम्म १७१.३४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।समुद्री सतहबाट २२२.५ मिटर देखि ११९२ मिटर सम्म उचाइमा अवस्थित यो नगरपालिका तराईको नगरपालिका भएकाले यहाँको हावापानी उष्ण तथा उपोष्ण प्रकारको छ । नगरपालिका क्षेत्रको अधिकतम तापक्रम गर्मी याममा ४३० सेल्सियस देखि जाडो याममा न्युनतम ६.९६० सेल्सियस सम्म रेकर्ड गरिएको छ । यहाँ वार्षिक सरदर १५७५ मि.मि. सम्म वर्षा हुने गर्दछ । यस नगरपालिकाको अधिकांश भू - धरातल समतल रहेको पाइन्छ । उत्तरी सीमा तर्फको जमिन भने समुद्र सतहबाट करिब ११९२ मिटर सम्मको उचाई रहेको हुनाले अधिकांश भू-भाग उत्तरबाट दक्षिणतर्फ पानीको बहाव हुने समतल किसिमको पाइन्छ ।

भीमदत्त नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.