Bheerkot Municipality Home / Directory
Bheerkot Municipality
Bayarghari, Bheerkot MUN, Syangja, Gandaki
Government
Address Bayarghari, Bheerkot MUN, Syangja, Gandaki

स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८० मा व्यवस्था भए अनुरुप नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२ असोज १ गते भीरकोट नगरपालिकाको घोषणा भएको हो । गण्डकी प्रदेश स्याङ्गजा जिल्ला अन्तर्गत पर्ने एक पहाडी भेगमा अवस्थित भीरकोट नगरपालिका । सदरमुकाम बयरघारी समुन्द्रिक सतहबाट करीब ७३० मिटर उचाइमा रहेको छ । यसको न्यूनतम उचाइमा रहेको छाङ्गछाङ्गदी फाँट समुद्री सतहबाट करीब ७१३ मिटर रहेको र अग्लो भु-भागका रुपमा वडा नं ९ स्थित नारायणगिरी मन्दिर तथा वडा नं ८ स्थित तामुको लेक समुद्री सतहबाट करीब १७३५ मिटर उचाइमा रहेको छ । भीरकोट नगरपालिकाको पुर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका तथा दक्षिणमा वालिङ्ग नगरपालिकालसँग सिमाना जोडिएको छ ।

 

मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्गजाको इतिहासमा नुवाकोट, सतहुँकोट  गह्रौंकोटमध्ये भीरकोटलाई प्राचिन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ ।उहिले आँधिखोलादेखि पश्‍चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरुले राज्य चलाएको पाइन्छ 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.