Bhimad Municipality Home / Directory
Bhimad Municipality
Government
Office Info
Address Not available
Email 2 info@bhimadmun.gov.np

नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा ३ वमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले मिति २०७३/०९/२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३/१०/२२ को निर्णय अनुसार माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारको मिति २०७३/११/२२ को निर्णय अनुसार नाम, वडा संख्या र सीमाना कायम गरिएको र नेपाल राजपत्रमा मिति २०७३/११/२७ को राजपत्रमा प्रकाशित भएपछि विधिवत रुपमा भिमाद नगरपालिकाको स्थापना भएको हो ।

 

भिमाद नगरपालिकाको नामाङ्‍कनका सम्बन्धमा प्राचीन महाभारत किंवदन्ती अनुसार पाण्डुका ५ भाई छोरा मध्ये भिमसेनले आफ्नो समयमा सेती नदीमा बाँधेको बाँधलाई भिमबाँध भनिन्थ्यो । इतिहासको विकासक्रम र परिवर्तनसँगै भिमबाँध शब्दको अपभ्रंश भई भिमाद भन्न थालियो । भिमाद शब्द जनजिब्रोमा लोकप्रिय भएकोले यस स्थानको नाम भिमाद रहन गएको भन्ने भनाई छ । साविक भिमाद गाउँ विकास समिति समेत गाभिएर यो नगरपालिका स्थापना भएकोले सोही गा.वि.स. को नामलाई कायम राख्दै यस ऐतिहासिक स्थलको महिमा झल्काउने गरी भिमाद नगरपालिका नामाकरण गरिएको हो ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.