नेपालको संबिधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुन:संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फागुन २७ गतेवाट स्थानिय तह लागु गर्ने निर्णय अनुसार गण्डकी प्रदेशको ऐतिहासिक तथा प्राचिन महत्व बोकेको गोरखा जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालका प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय विभुति भिमसेन थापाको नाम वाट यस भिमसेनथापा गाउँपालिकाको नामाकरण गरिएको हो। पूर्वमा बुढिगण्डकी (आरुघाट बुङ्कोटघाट), पश्चिममा गोरखा नगरपालिका र दरौदी, उत्तरमा मोतिखोला (आरुघाट गाउँपालिका) र ताल खोला (बारपाक सुलिकोट गाउँपालिका) दक्षिणमा ज्यादुल खोला (सहिद लखन गाउँपालिका) को बिचमा अवस्थित साविकको मसेल, तान्द्राङ, धावा, बगुवा, अश्राङ्ग र वोर्लाङ्ग गा.वि.स. लाई मिलाएर भिमसेनथापा गाउँपालिका वनेको हो। भिमसेनथापा गाउँपालिकाको क्षेत्रफल १०१.३५ वर्ग कि मि , जनसंख्या १६,९८६ ( राष्ट्रिय जनगणना २०७८ को तथ्यांक) र वडा संख्या ८ रहेको छ।
जातजाती र समुदायलाई हेर्दा भिमसेनथापा गाउँपालिकाको वडा नम्बर १ मसेलमा ब्राम्हण, क्षेत्री, बराम, नेवार र दलित, वडा नम्बर २ सिद्धकाली अमरवस्तीमा ब्राम्हण, क्षेत्री र दलित वडा नम्बर ३ तान्द्राङ्गमा ब्राम्हण, क्षेत्री, दलित, बराम र भुजेल, वडा नंम्बर ४ धावामा ब्राम्हण, क्षेत्री, दलित, नेवार र तामाङ्ग वडा नम्बर ५ बगुवामा नेवार, ब्राम्हण क्षेत्री, दलित र बराम, वडा नम्बर ६ अश्राङ्गमा मगर, बाम्हण, क्षेत्री, नेवार, दलित र मुस्लिम, बडा नम्बर ७ र ८ वोर्लाङ्गमा दलित, नेवार, ब्राह्मण, क्षेत्री, दराई र कुमाल समुदायको बसोबास रहेको छ ।
सडक पूर्वाधारको हिसावले देशकै प्रमुख मार्गको रुपमा निर्माण भईरहेको पूर्वपश्चिम मध्यपहाडी लोकमार्गले यस गाउँपालिकाको वडा नं १, मसेल वडा नं. २, सिद्धकाली अमरवस्ती र वडा नं ३ तान्द्राङ्ग जोडेको छ भने यो लोकमार्गले आरुघाटदेखि निवेलसम्मको विकासको ढोका खुलेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बुढिगण्डकी जलविद्युत आयोजनाको सबै भन्दाबढि प्रभावित क्षेत्र आरुघाटदेखि बुङ्कोटघाट विचमा भिमसेन थापा गाउँपालिकाको वडा नं.३ तान्द्राङ्ग, वडा नं.४ धावा, वडा नं. ७ र ८ वोर्लाङ्ग पर्दछ ।
हरियो वन, नेपालको धन भन्ने भनाईलाई आत्मासाथ गर्दै ठूलो बन क्षेत्रले ओगटेको यस गाउँपालिकाले वन क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्दै वनलाई जनताको आयआर्जनसँग जोड्न सक्ने पालिकासंग प्रसस्त सम्भावना रहेका छन्। कृषि, पर्यटन, साना तथा मझौला उद्योग व्यवस्थित गर्नसके थुप्रै रोजगारीको अवसर सृजना गर्नसक्ने अवस्था पालिकासंग रहेको छ। शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको क्षेत्रमा गुणस्तर काम गर्नु र गरिएका सबै प्रयासहरुलाई प्रविधिमैत्री बनाउँदै पारदर्शी र छिटोछरितो बनाउन निरन्तर प्रयास भइरहेको छ। भिमसेनथापा गाउँपालिकालाई ग्रेट (गौरव गर्न लायक), स्मार्ट (छिटोछरितो र सुन्दर) सम्वृद्ध (विकसित अभाव र तनावरहित) हरियाली, स्वच्छ र सु-संस्कृत समाजवाद उन्मुख समाजवादको नमुना योग्य आधारशिला बनाउन सकिने पालिकासंग प्रचुर सम्भावना छन्।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.